नेपाल बैंकले नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर बिक्री गर्ने

Sep 12, 2017 merolagani

नेपाल बैंक लिमिटेड (NBL) ले नागरिक लगानी कोषमा रहेको २ लाख ११ हजार ५१५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता न्युनतम ३ हजार ५० रुपैयाँमा सेयर बिक्री गर्न बोलपत्र आब्हान गरेको छ ।



बोलकबोलमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेक व्यक्ति सहभागी हुन नपाउने बैंकले जनाएको छ । बोलकबोलमा भाग लिनेले न्युनतम् १० हजार कित्ता प्रस्ताव गर्नुपर्ने छ ।

आवेदन फारम बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा पाइनेछ । खरिदकर्ताले आजको मिति (मंगलबार) पश्चात कोषले दिन सक्ने बोनस सेयर तथा नगद लाभांश पाउनेछन् । बोलपत्र असोज २४ गते खोलिने बैंकले जनाएको छ ।

यसअघि बैंकले साना किसान बिकास बैंकको सेयर बिक्री गरेको थियो। नेपाल बैंकले अहिले डिप्रोक्स लघुवित्त र नागरिक लगानी कोषको सेयर बेच्न लागेको हो।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।