सानिमाले साधारणसभाको मिति भने निर्धारण गरिसकेको छैन । साधारण सभामा बैंकले गत बर्षको कमाईबाट लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस अाधारमा असाेज ५ गते घटस्थापनाकाे बिदा परेकाले असाेज ४ गतेसम्म कायम रहेका लगानीकर्ता बाेनस पाउन याेग्य हुनेछन् ।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३० करोड एक लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा कायम गरेको थियो ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ छ । १६ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य