सिटिजन्स बैंकको ६२ औं शाखा मकवानपुरको मनहरीमा

Sep 12, 2017 merolagani

सिटिजन्स बैंक इन्टरनेसनलले भाद्र २७ गते ६२ औं शाखा मकवानपुरको मनहरीमा खालेको छ । शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजापाठ गरी बैंकिङ्ग कारोवारको सरुवात गरे ।

बैंकले सुरुवात गरेको शाखासँगै सिटिजन्सको ६२ वटा शाखा, ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित बैंकिङ्ग सेवाहरूबाट करिब ३ लाख ५० हजार ग्राहकहरूलाई सेवाप्रदान गर्दै आएको छ ।

साथै आफ्नो ग्राहकवर्गहरूलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम भिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

नेपालको बाणिज्य बैंकिङ्ग क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको सिटिजन्स बैंकले दुई स्थानिय विद्यालयहरुलाई १–१ थान कम्प्यूटर वितरण गर्नुका साथै मनहरी बजारमा आयोजना हुन लागेको दुर्गा उत्सव सम्पन्न गर्नका लागि आर्थिक सहयोग स्वरुप दश हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

देशको विभिन्न क्षेत्रका ग्राहकवर्गलाई सेवा उपलब्ध गराउने अभिप्रायले बैंकले निकट भविष्यमा हुम्लाको सर्केगाड, डांगको बंगलाचुली, झापाको हाल्डीबारी, महोत्तरीको औरही तथा बर्दियाको बडैयातालमा शाखा विस्तार गर्ने योजना अगाडी सारेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।