लुम्बिनी जनरल इन्स्योरेन्सको ४२ हजार ८१५ कित्ता सेयरमा लिलामी आवेदन खुल्यो

Sep 13, 2017 merolagani

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी (LGIL) को हकप्रदमा अवितरित ४२ हजार ८१५ कित्ता हकप्रद सेयर बुधबारबाट लिलाम बढाबढमा बिक्रीमा आएको छ । इच्छुक बोलकबोल दाताले भदौ २८ गतेदेखि असोज ६ सम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर विक्री प्रबन्धक सिबिआईएल क्यापिटल रहेको छ ।

बोलपत्रदाताले न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य तोकि एक सय कित्ता वा सो भन्दा बढी १० ले भाग जाने गरि सबै कित्ता सेयरका लागि आवेदन गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्ने अन्तिम मिति असोज ६ गते १ :३० बजेसम्म तोकेको कम्पनीले जनाएको छ ।

प्राप्त बोलपत्र असोज ६ गते बेलुका ४ बजे सिबिआईएल क्यापिटल बाटुलेघर डिल्लीबजारमा खुला गरिने क्यापिटलले जनाएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले असार ३० देखि भदौ १ गतेसम्म शतप्रतिशत हकप्रद (३९लाख कित्ता) बिक्री खुला गर्दा अवितरित सेयर लिलाम बढाबढमा शिलबन्दी बोलपत्र आह्वान गरेको हो । चालु आर्थिक वर्षभित्र कम्पनीले चुक्ता पूँजी बढाएर एक अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । 

हकप्रदपछि ७८ करोड रुपैयाँ पूँजी रहेको कम्पनीको सेयरमूल्य मंगलबार नेप्सेमा ९०० रुपैयाँ रहेकाे छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।