गत बर्षको लाभांश वितरण गर्नेमा सिद्धार्थ म्युचुअल फण्ड पहिलो, भदौ २८ गतेदेखि बाँड्ने

Sep 13, 2017 merolagani

गत आर्थिक बर्षको कमाइबाट लाभांश वितरण गर्नेमा सिद्धार्थ म्युचुअल फण्ड पहिलो कम्पनी भएको छ । अर्काे म्युचुअल फण्ड एनआईबिएल समृद्धि फण्ड १ ले भदौ ३० गतेदेखि वितरण गर्ने घोषणा गरिसकेपनि सिद्धार्थ म्युचुअल फण्डले  सञ्चालन गरेकाे दुइवटै  फण्डकाे नगद लाभांश  दुर्इ दिन अगाडि  नै वितरण गर्न लागेको हो ।

 सिद्धार्थ म्युचुअल फण्ड सञ्चालन गरेकाे  सिद्धार्थ क्यापिटलले भदौ २८ गतेदेखि सिद्धार्थ लगानी वृद्धि योजना १ (SIGS1) र सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम (SEOS) का इकाइधनीलाई नगद लाभांश वितरण गर्ने भएको हाे ।

सिद्धार्थ म्युचुअल फण्ड अन्तगर्त सञ्चालित सिद्धार्थ लगानी वृद्धि योजना १ ले इकार्इधनीलाई ६० प्रतिशत तथा सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमले इकाइधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

लाभांश वितरण आईतबारदेखि विहीबारसम्म १० बजेदेखि ३ बजेसम्म र शुक्रबार १ बजेसम्म वितरण हुने सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलले आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अध्यावधिक गराएका लगानीकर्तालाई क्यापिटलले बैंक खातामा नै नगद लाभांश पठाइसकेको जनाएको छ । 

क्यापिटलले लाभांश संकलन आउँदा आफ्नो आधिकारिक परिचयपत्र, इकार्इधनी प्रमाणपत्रको प्रतिलिपि वा हितग्राही खाता नं अनिवार्य रुपमा लिएर आउन भनेको छ । मञ्जुरीनामा मार्फत संकलन गर्नेले अनिवार्य मञ्जुरीनामाका साथमा मञ्जुरीनामा पाउने व्यक्तिको परिचयपत्रको प्रतिलिपि सहित उपस्थित हुनुपर्ने जनाएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।