फाइनान्सले गत साउन २९ गतेदेखि भदौ १ गतेसम्म ९ लाख ८३ हजार ६८२ कित्ता थप नयाँ साधारण सेयर निष्काशन गरेको थियो ।
फाइनान्सले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० का दरले ९करोड ८३ लाख ६८ हजार दुई सय रुपैयाँको बराबरको ९ लाख ८३ हजार ६८२ कित्ता एफपिओ निष्कासन गरेको थियो ।
कम्पनीले संस्थापक तथा साधारण सेयरको अनुपात ५१:४९ कायम गर्न एफपिओ जारी गरेको हो ।
लगानीकर्ताले कति पाउँछन् सेयर ?
फाइनान्सले ९ लाख ८३ हजार ६८२ कित्ता एफपिओ निष्कासन गरेकोमा प्रारम्भिक तथ्याङ्क अनुसार करिब ५० हजार हाराहारी आवेदक पुगेका छन् । यसआधारमा पोखरा फाइनान्सको एफपिओमा सबै आवेदकले न्यूततम १० कित्ता सेयर पाउने निश्चित छ ।
सबै आवेदकलाई १० कित्ता सेयर बाँडफाँड गर्दा ५ लाख कित्ता सेयर सकिन्छ । सबैलाई १० कित्ता सेयर बाँडफँड गरिसकेपछि २० कित्ता वा सो भन्दा बढी आवेदन गर्ने आवेदकलाई थप १० कित्ता सेयर वितरण गरिनेछ । थप १० कित्ता शेयर वितरण गर्दा पनि माग गरेका सेयर रहेमा गोलाप्रथाबाट वितरण गरिनेछ ।
न्यूनतम १० कित्ता सेयर आवेदन गर्न पाइने भएकाले यदि १० कित्ता सेयर माग गर्नेहरूको संख्या अधिक भएमा २० कित्ता वा त्यो भन्दा बढी सेयर माग गर्नेको भागमा २० देखि ४० कित्तासम्म सेयर पर्न सक्छ ।
एफपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइने व्यवस्था रहेको थियो ।
हाल फाइनान्सको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ छ । एफपिओ बिक्रीपछि फाइनान्सको चुक्ता पूँजी ६५ करोड ५७ लाख पुग्नेछ । फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा कायम गरेको छ ।
समग्र सेयर बजार घटेसँगै फाइनान्सकाे सेयरमूल्य भने झण्डै एफपिअाेकाे मूल्य हाराहारी २३६ रूपैयाँ बुधबार काराेबार बन्द भएकाे छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य