बिशाल बजार कम्पनीको २० महिनापछि सेयर कारोबार खुल्यो

Sep 14, 2017 merolagani

कारोबार खुलेकै दिन सेयरमूल्य दश प्रतिशतले बढ्यो 

विशालबजार कम्पनी (BBC) को २० महिनापछि पुन सेयर कारोबार खुलेको छ ।०७२ माघदेखि नेप्सेमा अभौतिक शेयर मात्र कारोबार हुन थालेपछि यो कम्पनीको कारोबार रोक्का भएको थियो । कम्पनीको सेयर डिम्याट सन्तोषजनक रहेको भन्दै कारोबार खुलेको हो।

अभौतिक कारोबारको लागि कम्तिमा दश प्रतिशत शेयर डिम्याट गरेको हुनुपर्ने प्रावधान रहेको छ । कम्पनीले दश प्रतिशत बढी सेयर डिम्याट गराएपछि कारोबार खुलेको हो ।

कारोबार खुलेकै दिन कम्पनीको सेयरमूल्य दश प्रशितले बढेको छ । कम्पनीको प्रतिकित्ता २०३० मा कारोबार खुलेको थियो । सो बढेर २२३३ रुपैयाँ पुगेको छ । मार्केट डेप्थमा कम्पनीको बिक्रीकर्ता  शुन्य देखिएका छन भने सेयर मागकर्ता उल्लेखीय रहेका छन ।

विशाल बजार कम्पनी २०४१ सालमै नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको थियो । नेप्सेमा कम्पनीको पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता सेयर सूचीकृत रहेको छ । कम्पनीमा कुल ८६९ शेयरधनी रहेका छन् ।

तत्कालीन राजा महेन्द्रले सस्तो र सुलभ दरमा उपभोग्य सामान व्यापारको व्यवस्था मिलाउन विशाल बजार कम्पनी गठन गर्न आदेश दिई भवन निर्माण गराएका थिए । २०२६ सालमा स्थापना भएको यो कम्पनीमा खाद्य संस्थान, कृषि सामग्री कम्पनी र नेसनल ट्रेडिङको ३४ प्रतिशत हिस्सेदारी रहेको छ ।

कम्पनीको अघिल्लो साउनमा सम्पन्न चौतिसौ बार्षिक साधारण सभाले सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । जसमा सरकारले तीन अर्ब ९६ करोड पूँजी थप गर्नुपर्नेछ । त्यसपश्चात कम्पनीको चुक्ता पूँजी चार अर्ब एक करोड हुनेछ ।

सर्बोच्च अदालत र पाटन उच्च अदालतले बिशाल बजार कम्पनीमा सरकारको स्वामित्व बढाउनुपर्ने आदेश दिएको थियो । बिशाल बजार कम्पनीलाई कब्जा गरेर बसेका संचालकहरुले सरकारको जग्गा वापतको सेयर दिन नमानेपछि अदालतमा मुद्धा परेको थियो ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।