नेपाल हाइड्रो डेभलपर कम्पनीको आईपिओमा आवेदन गरेका १ लाख ३५ हजार ३२२ आवेदककाे हात रित्तो

Sep 15, 2017 merolagani

नेपाल हाइड्रो डेभलपर कम्पनी (NHDPL) को आईपिओमा  अावेदन गरेका कुल आवेदकमध्ये २१ प्रतिशत आवेदकले मात्र सेयर प्राप्त गरेका छन् । बाँकी ७९ प्रतिशत आवेदकले जिल खाएका छन् । निष्काशित धितोपत्रकाे तुलनामा आवेदक अत्याधिक हुँदा अधिकांश आवेदकको  हात रित्तो बन्न पुगेको हो ।

नेपाल हाइड्रो डेभलपरको आइपिओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालय नागपोखरीमा शुक्रबार बाँडफाँड गरिएको हो । आइपिओमा आवेदन गरेका कुल स्वीकृत एक लाख ७१ हजार ५९२ जनाको आवेदकमध्ये ३६ हजार २७० जना आवेदकले मात्र गोला प्रथाबाट १० कित्ता सेयर प्राप्त गरेका हुन् । एक लाख ३५ हजार ३२२ जना अावेदककाे हात खालि भएकाे छ । आइपिओमा आवेदन गरेका एक हजार ९०९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । 

नेपाल हाइड्रो डेभलपरको आइपिओ धितोपत्र बोर्डको नयाँ नियम धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार आईपीओ बाँडफाँड गरिएको हो । जसमा सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । १० कित्ता बाँडफाँड गरिसकेपछि बाँकी रहेमा फेरी थप १० कित्ता बाँडफाँड गर्ने र १० कित्ता बाँडफाँड गर्न नपुग्ने भएमा गोलाप्रथाबाट बाँडफाँड गर्न सकिने व्यवस्था रहेको छ । नेपाल हाइड्रोको आईपीओमा समेत आवेदक धेरै भएका कारण गोलाप्रथाबाट बाँडफाँड भएको हो ।

...{नेपाल हाईड्रो डेभलपरको १० कित्ता सेयर तँपाईलाई पर्ला कि नपर्ला ? यस्तो छ तथ्याङ्क}...

कम्पनीले गत साउन २७ गतेदेखि ३२ गतेसम्म निष्काशन भएको थियो । कम्पनीले निष्काशन गरेको कुल तीन लाख ९० हजार कित्ता आइपीओमध्ये ७ हजार ८०० कित्ता २१ जना कर्मचारी र १९ हजार ५०० कित्ता सेयर म्युचुअल फण्डहरुलाई छुट्याइएको थियो । कमचारी र र म्युचुअल फण्डलाई छुट्याएर बाँकी रहेको तीन लाख ६२ हजार ७०० कित्ता सेयर गोलाप्रथाबाट ३६ हजार २७० जना आवेदकलाई वितरण गरिएको हो ।

आईपिओमा कुल एक लाख ७३ हजार पाँच सय एक जना आवेदकले आवेदन गरेका थिए । जसमध्ये एक हजार ९०९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । कुल स्वीकृत एक लाख ७१ हजार ५९२ जना आवेदकले एक करोड ५० लाख १० हजार १७० कित्ता सेयरको माग गरेका थिए । एक हजार ९०९ जनाको आवेदकले माग गरेको दुई लाख चार हजार ६२० कित्ता सेयरको आवेदन रद्ध भएको हो । आईपीओमा ५० कित्तादेखि एक हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको थियो । 

२२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि २६ करोड रुपैयाँ पूँजी पुगेको छ । दोलखामा ३.५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।