सनराईज बैंकले लिलामीको सेयरलाई समेत लाभांश दिने,कति दिने भयो बोनस ?

Sep 15, 2017 merolagani

सनराईज बैंक (SRBL) ले गत आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले हकप्रदमा नबिकेको सेयर लिलामीबाट खरिद गर्ने लगानीकर्ताले समेत पाउने गरी उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । 

सनराईजले गत आर्थिक बर्षमा एक अर्ब १६ करोड ६९ लाख रुपैयाँ नाफा कमाएर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा कायम गरेको छ ।

बैंकले हकप्रदमा अवितरित सर्वसाधारण र संस्थापक समूहको गरि कुल ७ लाख १० हजार ७४३ कित्ता सेयर असोज ८ देखि २२ गतेसम्म लिलामी गर्ने जनाएको छ । सो लिलामीको सेयर बोलकबोल गर्ने लगानीकर्ता समेत बोनसका लागि योग्य हुने बैंकले प्रष्ट पारेको छ ।

एनआईडिसी क्यापिटल मार्केट लिमिटेडलाई गाभेर ०७३ माघ २८ मा एकिकृत कारोबार थालेको बैंकले सो मिति भन्दा पछाडि अभौतिक सेयर कारोबार गरी बोनसका लागि योग्य रहेका लगानीकर्ताले भने बोनस बापतको कर स्वयंम तिर्नुपर्ने बताएको छ ।

बैंकले सेयर लिलामी पश्चात कायम हुने ७ अर्ब ८ करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजीको १५ प्रतिशत अर्थात एक अर्ब ६ करोड ३३ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । बोनसपछि बैंकको चुक्तापूँजी ८ अर्ब १५ करोड रुपैयाँ  पुग्नेछ ।

 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।