फाइनान्सको हकप्रदमा गत भदौ १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । असोज १ गतेदेखि कार्तिक ५ गतेसम्म हकप्रदमा आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।
हकप्रद जारीपश्चात फाइनान्सको चुक्ता पूँजी ५७ करोड ७९ लाख रुपैयाँ कायम हुनेछ । नेपाल राष्ट्र बैंकबाट ग बर्गको इजाजत पाएको फाइनान्सले राष्ट्र बैंकले निर्देशन गरेअनुसार ८० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने हुन्छ ।
फाईनान्सको सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।
हकप्रदमा सनराइज क्यापिटल कमलपोखरी, जेबिल्स फाईनान्सको मुख्य कार्यालय न्यूरोड, उपत्यका बाहिर सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढबाट पनि यो हकप्रदमा आवेदन गर्न सकिने क्यापिटलले जनाएको छ ।
गत आर्थिक वर्षमा फाइनान्सले तीन करोड ६२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५५ पैसा कायम गरेको छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य