सामान्यतया कम्पनीहरुले गत आर्थिक बर्षको वित्तीय विवरण प्रकासीत गरेर नयाँ आर्थिक वर्ष सुरु भएपछि लाभांश घोषणा गर्न थाल्छन्। कम्पनीहरुले गत आवको कमाई तथा जगेडाकोषमा उपलब्ध रकममा आधारमा नगद वा बोनस वा दुवै लाभांश घोषणा गर्न सक्छन्।
बीमा बाहेकका वित्तीय संस्थाहरुको हकमा घोषित लाभांश राष्ट्र बैंकले स्वीकृत गर्नुपर्दछ। बीमा कम्पनीहरुको लाभांश बीमा समितिबाट स्वीकृत हुनुपर्छ भने नागरिक लगानीकोषको लाभांश महालेखा परीक्षकको कार्यालयबाट स्वीकृत हुनुपर्दछ।
राष्ट्र बैंकबाट लाभांश स्वीकृत भइसकेपछि कम्पनीहरुले सेयरधनी दर्ता कित्ताब बन्द अर्थात ‘बुक क्लोज’को मिति तोक्छन्। कम्पनीले घोषणा गरेको लाभांश पाउन नयाँ सेयरधनीहरुले बुक क्लोजको मिति अगावै सेयर खरीद गरीसक्नु पर्ने हुन्छ । बुक क्लोजको दिनमा लाभांश समायोजन गरीने हुँदा सो दिन र त्यसपछि बनेका सेयरधनी लाभांश पाउन योग्य हुँदैनन् ।
बुक क्लोजको दिन बोनसपछिको मूल्य समायोजन गरिन्छ र समायोजित मूल्यमै कारोबार सूरु हुन्छ । यदी नगद मात्रै लाभांश घोषणा भएको छ भने बजार मूल्यको १० प्रतिशत भन्दा बढी हुने भएमा मात्रै समायोजन हुन्छ अन्यथा नगद लाभांश समायोजन हुँदैन। यो नेप्सेले गरेको नयाँ व्यवस्था हो ।
बिशेषत बुक क्लोज साधारण सभाको प्रयोजनका लागि गरिन्छ्। वार्षिक साधारणसभाले लाभांश स्वीकृत गरिसकेपछि बल्ल लगानीकर्ताले बोनस भए डिम्याट खातामा र नगद लाभांश भए बैंक खातामा वा एसी पे चेकमार्फत प्राप्त गर्दछन्।
कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्रै साधारणसभा गर्नुपर्ने कम्पनी ऐनमा उल्लेख छ।
बोनस र नगद लाभांश कसरी पाउँछन लगानीकर्ताले ?
कुनै कम्पनीले बोनस दिनु भनेको सेयर नै दिनु हो। मानौ कुनै कम्पनीले २० प्रतिशत बोनस घोषणा गरेको छ र बुक क्लोजअघिको मितिमा लगानीकर्तासँग एक सय कित्ता सेयर छ भने बोनसपछि उसको सेयर संख्या १२० पुग्दछ। अर्थात लगानीकर्ताले बोनस बापत थप २० कित्ता सेयर पाउँछन् ।
लगानीकर्ताले बोनस बापतको कर तिर्नुपर्ने हुन्छ । सामान्यतया लाभांश दिने कम्पनीले नै बोनस वापतको करमा लाग्ने रकम छुट्याएर लगानीकर्तालाई बोनस उपलब्ध गराएका हुन्छन् । यदि कम्पनीले बोनस बापतको कर छुट्याएको छैन भने सो कर लगानीकर्ता आफैले तिर्नुपर्ने हुन्छ । उक्त कर तिरेपछि मात्र लगानीकर्ताले लाभांश पाउछन् ।
सूचिकृत कम्पनीहरुले बोनस लगानीकर्ताको डिम्याट खातामा सोझै पठाउछन । भने नगद लाभांश लगानीकर्ताको बैंक खातामा वा एसी पे चेकमार्फत उपलब्ध गराउछन्
यदी कम्पनीले १५ प्रतिशत नगद लाभांशको घोषणा गरेको भए बुकक्लोजअघि १ सय कित्ता सेयर हुने लगानीकर्ताले प्रतिकित्ता १५ रुपैयाँका दरले १५ सय रुपैयाँ नगद पाउँछ। यो लाभांश रकममा पनि कर लाग्दछ। ‘क्यापिटल गेन ट्याक्स’ ५ प्रतिशत तथा सेवा शुल्क पनि कटौती भई बाँकी रकम मात्रै लगानीकर्ताको हातमा पर्दछ।
सूचिकृत कम्पनीहरुले नगद लाभांश लगानीकर्ताको बैंक खातामा वा एसी पे चेकमार्फत उपलब्ध गराउछन्
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य