मञ्जुश्री फाइनान्सले फेरी जारी गर्ने भयो पाँच प्रतिशत हकप्रद

Sep 17, 2017 merolagani

मञ्जुश्री फाइनान्स कम्पनी (MFIL)  राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न नसकेपछि फेरी सेयरधनीलाई पाँच प्रतिशत हकप्रद बेचेर चुक्ता पूँजी कायम गर्ने भएको छ ।

फाइनान्स सञ्चालक समितिको भदौ ३० गते बसेको १४४ औं बैंठकले चुक्ता पूँजीको प्रतिशत हकप्रद विक्री गर्ने निर्णय गरेको हो । 

थप आठ करोडको बोनस सेयर वितरण गर्दा नै फाइनान्स कम्पनीको चुक्ता पूँजी ८० करोड कायम हुने भएपनि कम्पनीले सेयरधनीलाई फेरी हकप्रदको भारी बोकाएको हो । 

हाल फाइनान्स कम्पनीको चुक्ता पूँजी ७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ रहेको छ । हकप्रद विक्रीपछि फाइनान्सको चुक्ता पूँजी ७६ करोड पाँच लाख ९७ हजार रुपैयाँ पुग्नेछ । बाँकी चार करोड रुपैयाँको बोनस सेयर वितरण गरेपछि फाइनान्सको तोकिएको पूँजी कायम हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।