सेयरबजारमा १७ अंक बढीको सुधार, झण्डै ७८ करोडको कारोबार

Sep 17, 2017 merolagani

यस साताको पहिलो दिन आइतबारको सेयरबजारमा नेप्से तथा कारोबार रकम दुवैमा बढोत्तरी आएको छ । यसदिन नेप्से १७.६३ अंकले उकालो लागेको छ भने झण्डै ७८ करोड बराबरको सेयर किनबेच भयो ।

आइतबार नेप्से १७.६३ अंकले बढेर १५४७.९४ अंकमा पुगेको छ । यसदिन १५९ कम्पनीको ७७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब १५ करोड बढी हो । नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको उच्च कारोबार भएपछि कारोबार रकम बढेको हो । 

यसदिन कारोबारमा आएका अधिकांस समूहका सूचक सकारात्मक रहेपछि बजार दोहोरो अंकले बढेको हो । यसदिन होटल वित्त र अन्य बाहेक सबै समूहका सूचक उकालो लागेका छन्। वीमा समूह ४३ अंक तथा वाणिज्य बैंक समूह २५ अंकले बढेको छ । उत्पादन र व्यापार समूहको सूचक समेत दोहोरो अंकले बढेका छन् ।

आइतबारको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २१ करोड बढीको कारोबार भयो । नेपाल लाइफको १७ करोड ८५ लाख बराबरको संस्थापक सेयर तथा ३ करोड ८० लाखको साधारण सेयरको किनबेच भएको छ ।

यसदिन विशाल बजार कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै झण्डै दश प्रतिशतले बढ्यो । विशाल बजार कम्पनीको २० महिनापछि गत विहीबारदेखि सेयरकारोबार पुन खुलेको थियो। प्रोगेशिभ फाइनान्सको सेयरमूल्य पनि दश प्रतिशतकै हाराहारीमा बढेको छ । ग्रिन डेभलपमेन्ट बैंक तथा हाम्रो विकास लगायतको सेयरमूल्य बढेको छ ।

यसदिन मिथिला लघुवित्त विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स संस्थापक, अरुण फाइनान्स तथा कालिका माइक्रोक्रेडिट लगायतको सेयरमूल्य घटेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।