दशैंमा एप्पल वल्र्डमा ‘अफरभित्र पनि मेगा अफर’

Sep 17, 2017 Merolagani

बडा दसैं र दीपावलीको अवसर पारेर एप्पल वल्र्ड मोबाइलले आफ्ना ग्राहकलाई लक्षित गरि ‘अफरभित्र पनि मेगा अफर’को योजना ल्याएको छ । काठमाडौंको दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो ।

मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार पाउने छन् भने सुनचाँदीको सिक्कासमेत पाउन सक्ने विज्ञप्तीमा उल्लेख छ । मोबाइलका मोडल हेरि ६० प्रतिशतसम्म छुट पाइने एप्पल वल्र्डमा बम्पर उपहार स्वरुप एक एक जनाले यामाहाको ‘आर वान फाइभ बाइक’, ‘आइफोन ८’ ‘मलेसिया र सिंगापुरको टुर’ पाउने छन् ।

एप्पल वल्र्ड मोबाइलमा जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइल मर्मत’को सुविधा समेत ग्राहकले पाउने बताइएको छ । हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, इअरफोन, ब्लुटुथ स्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्टलगायत उपहारहरू प्राप्त गर्न सक्ने एप्पल वल्र्ड मोबाइलका म्यानेजर निराजन मल्ल ठकुरीले बताए ।

लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले टच एन्ड फिलको सुविधासहित बिश्व बजारमा उपलब्ध सबै ब्रान्डका मोबाइलको कारोबार गरिरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।