एन.बि इन्स्योरेन्स कम्पनीले असोज १० गते २० औं बार्षिक साधारण सभा डाकेको छ । साधारण सभामा कम्पनीले बीमा समितिको निर्देशन अनुरुप चुक्ता पूँजी एक अर्ब पुर्याउन १० बराबर आठ कित्ता अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ ।
लैनचौर बैंक्वेटमा बिहान ११ बजे बोलाएको सधारणसभामा कम्पनीको अधिकृत पूँजी दुई अर्ब रुपैयाँ पुर्याउने तथा कम्पनीको १८ औं र १९ औं बार्षिक साधारणसभाले प्रस्ताव गरेअनुरुप कम्पनीको नाम र लागो परिवर्तन गर्ने लगायतका अन्य प्रस्ताव रहेका छन् । साधारणसभामा भदौ २४ गतेसम्म सेयर किनेका वा सो मितिभन्दा अगाडि सेयरधनी रहेका लगानीकर्ताहरु सहभागि हुन पाउनेछन् ।
त्यस्तै रैंराङ हाईड्रोपावर कम्पनीले असोज २८ गते शनिबार १४ औं बार्षिक साधारण सभा बोलाएको छ । बानेश्वर बैंङ्क्वेट थापागाउँमा दिउँसो ३ बजे बोलाएको साधारण सभामा नाफा नोक्सान तथा नगद प्रवाह लगायत वित्तिय विवरण छलफल गरि स्वीकृत गर्ने, लेखापरिक्षक नियुक्ती लगायतका प्रस्ताव रहेका छन् ।
रिलायबल माइक्रोफाइनान्स कम्पनीले असोज २९ गते सभा गेट वे हिमालय रिसोर्ट, बेसीसहरमा बिहान १० बजे पाँचौ बार्षिक साधारण सभा आह्वान गरेको छ । सभामा लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पेश गर्देछ । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले गतबर्षको कमाईबाट २० प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ लाख ९४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै अधिकत पुँजी १० करोडबाट बढाएर २० करोड रुपैयाँ कायम गर्ने, कार्यक्षेत्र विस्तार गर्ने र सञ्चालकको बैठक भत्ता तथा सुविधाहरु पुनरावलोकन गर्ने लगायतका प्रस्ताव समेत लैजाँदैछ । साधारण सभा गर्न रिलायबलले असोज १० गते सेयरधनी किताब बन्दगर्ने भएकाले असोज ९ गतेसम्म कायम रहेका सेयरधनी बोनस प्राप्त गर्न सक्नेछन् ।
हाल कम्पनीको पाँच करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बोनसपछि कम्पनीको पूँजी ६ करोड ७८ लाख पुग्नेछ । रिलायवलले गत आर्थिक बर्षमा एक करोड १२ लाख रुपैयाँमा खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ कायम गरेको छ ।