मेरो माइक्रोफाईनान्सको सेयरमूल्य समायोजन

Sep 18, 2017 merolagani

मेरो माइक्रोफाइनान्सको सेयरमूल्य सोमबार समायोजन भएको छ । कम्पनीको ३० प्रतिशत बोनस सेयर पश्चात सेयरमूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्जले ३० प्रतिशत बोनस सेयरलाई समायोजन गर्दा लघुवित्तको समायोजित सेयरमूल्य १७८८ रुपैयाँ कायम भएको जनाएको छ ।

कम्पनीको औसत आधारमूल्य १०३२ रुपैयाँ रहेको छ । यसअनुसार सोमबार मेरो माइक्रोफाइनान्सको सेयर १७८८ रुपैयाँमा कारोबार खुला हुनेछ । 

हाल लघुवित्तको चुक्ता पूँजी २२ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी ६ करोड ६० लाख रुपैयाँले वृद्धि भएर २८ करोड ६० लाख रुपैयाँ कायम हुनेछ ।

माइक्रोफाइनान्सले ३० प्रतिशत बोनस पारित गराउन असोज ३० गते पाँचौ बार्षिक साधारणसभा बोलाएको छ । लघुवित्त कम्पनीले चुक्ता पूँजीको १२.१०५ प्रतिशत (कर सहित) नगद लाभांश समेत प्रस्ताव गरेको छ ।

माइक्रोफाइनान्सले होटल वाटर टावर नुवाकोट विदुरमा असोज ३० गते विहान ११ :३० बजे साधारणसभा बोलएको हो । साधारणसभाले ६ करोड ६० लाख रुपैयाँ बोनस तथा दुई करोड ६६ लाख ३१ हजार ५७८ रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

साधारणसभाका लागि लघुवित्तले असोज २ गतेदेखि १० गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार असोज १ गते आईतबारसम्म सेयर किनेका वा यसअघि कम्पनीको सेयरधनी कायम रहेका लगानीकर्ताले लघुवित्तले प्रस्ताव गरेको ३० प्रतिशत बोनस तथा चुक्ता पूँजीको १२.१०५ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

गत आवमा लघुवित्तले ९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४२.१९ पैसा कायम गरेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।