दसैँ नसकिदै सपोर्ट माइक्रोफाइनान्सको आईपीओ आउने

Sep 18, 2017 merolagani

इटहरीमा केन्द्रिय कार्यालय रहेको सपोर्ट माइक्रोफाइनान्स (SMFBL) ले दसैँ लगत्तै साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता आईपिओ निष्कासन गर्ने भएको हो ।

माइक्रोफाइनान्सको आईपीओ असोज १८ गतेदेखि निष्कासन हुनेछ भने छिटोमा असोज २३ गते बन्द हुने जनाइएको छ ।

कुल एक लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात ९ हजार कित्ता आईपीओ सामुहिक लगानी कोषलाई छुट्याइएको छ ।

कम्पनीको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकत्म ९०० कित्तासम्म आवेदन गर्न पाइनेछ । धितोपत्र बोर्डबार्ट आश्वा सेवा स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका सबै शाखाबाट कम्पनीको आईपिओमा आवेदन गर्न सकिनेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

हाल चार करोड रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको आईपिओ निष्काशनपछि चुक्ता पूँजी पाँच करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

सपोर्ट माइक्रोफाइनान्स पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लालाई कार्यक्षेत्र बनाई २०७२ को साउनबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

सपोर्ट माईक्रोफाइनान्स वित्तिय संस्थाले गत आर्थिक बर्षमा ४८ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएको छ । सर्पोटको जगेडाकोषमा ३१ लाख १९ हजार रुपैयाँ सञ्चित छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।