एनआईबिएल क्यापिटलले ९७ प्रतिशत बोनस वितरण गर्ने, एस क्यापिटलसँग मर्जर हुँदै

Sep 18, 2017 merolagani

एनआईबिएल क्यापिटल (NIBL) ले ९७.०४४३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सहित असोज २४ गते पाँचौ बार्षिक साधारणसभा बोलाएको छ । उता एस क्यापिटलले पनि असोज २४ गतेका लागि साधारण सभा बोलाएको छ । क्यापिटलले हाल कायम चुक्ता पूँजीको ५२ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ ।

एनआईबिएल क्यापिटलले आफ्नै सभाहल लाजिम्पाटमा विहान १० बजे साधारणा सभा बोलाएको हाे । सभामा कम्पनीकाे चुक्ता पूँजी १० करोड १५ लाख रुपैयाँको ९७ प्रतिशतले हुन आउने ९ करोड ८५ लाख रुपैयाँको बोनस सेयर तथा २५ प्रतिशतले हुन आउने २ करोड ५३ लाख ७५ हजार रुपैयाँ (बोनसमा लाग्ने कर सहित)  नगद लाभांश वितरण गर्ने प्रस्ताव छ ।

त्यस्तै इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेकाले सहायक कम्पनी एस क्यापिटल समेत इन्भेष्मेन्ट बैंकको सहायक कम्पनीको रुपमा परिणत भइसकेकाले एनआईबिएल क्यापिटल र एस क्यापिटललाई एक आपसमा गाभ्ने गाभिने प्रकृयालाई अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव रहेका छन्

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।