इच्छुक लगानीकर्ताले सोमबार कार्यालय समयभित्र बैंकको सेयर विक्री प्रबन्धक एनआइबीएल क्यापिटल वा बैंकको केन्द्रीय कार्यालय विदुर–३ बट्टार, नुवाकोटबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
बैंकले यसअघि पनि संस्थापक समूहको सेयर लिलामी गरेपनि सबै विक्री नभएपछि फेरी विक्रीमा ल्याएको हो । बोलकबोलदाताले न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरि बोलपत्र पेश गर्न सक्नेछन् ।
प्राप्त भएको बोलपत्र असोज ६ गते बिहान १० बजे एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाटमा खुला गरिने क्यापिटलले जनाएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा हाम्रो विकास बैंकले चार करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १० रुपैयाँ ५४ पैसा कायम गरेको छ । बैंकको सेयरमूल्य नेप्सेमा सोमबार २०० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य