सेञ्चुरी बैंकको कामू सिइओ बने जीवन भट्टराई, अनुज मणीको राजिनामा स्वीकृत

Sep 18, 2017 merolagani

सेञ्चुरी बैंकले जीवन भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । 

बैंकको प्रमुख कार्यकारी अधिकृत अनुज मणी तिमिल्सिनाले राजिनामा दिएपछि अर्को व्यवस्था नभएसम्मको लागि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईलाई कामु प्रमुख कार्यकारी अधिकृतको कार्य जिम्वेवारी दिएको हो ।

बैंक सञ्चालक समितिको असोज १ गते बसेको सञ्चालक समितिको २४२ औं बैठकले प्रमुख कार्यकारीको अनुज मणी तिमिल्सिनाको राजिनामा स्वीकृत गरेको हो । 

कामु सिइओ जीवन भट्टराई बैंक सञ्चालन हुनु पूवदेखि नै दोस्रो वरियताको रुपमा विगत ८ वर्षदेखि सेञ्चुरी बैंकमा कार्यरत थिए । उनले व्यवस्थापन संकायमा दर्शनशास्त्रमा स्नाकोत्तर गरेका छन् । यस्तै अर्थशास्त्र, जनप्रशासनमा समेत तीन विषयमा स्नातकोत्तर र कानूनमा स्नातक डिग्री हासिल गरेका छन् ।

जीवन भट्टराईल हिमालयन बैंकमा ५ वर्ष, सिद्धार्थमा ८ वर्ष तथा सेञ्चुरी बैंकमा ८ वर्ष गरी २१ वर्षको बैंकिङ्गमा अनुभवी छन् । उनी नयाँ बैंक स्थापना तथा सञ्चालन, ट्रेजरी व्यवस्थापन, समय सापेक्ष निक्षेप तथा कर्जा परिचालन गर्ने र सक्षम वक्ताको रुपमा सफल बैंकरको मानिन्छन् ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।