गुराँस लाइफको गोरखा र स्याङ्गजामा शाखा बिस्तार

Sep 18, 2017 merolagani

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार र स्याङ्गजा जिल्लाको वालिङ्गमा नयाँ शाखा कार्यालयहरू विस्तार गरेको छ । कम्पनीले दुबै स्थानमा एक्सटेन्सन काउन्टरको रूपमा सेवा दिन थालेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर प्रसाद दाहालले दुबै स्थानको शाखा कार्यालयको उद्घाटन गरेका हुन् । कम्पनीले भाद्र २८ गतेदेखि गोरखाको सदरमुकाममा तथा भाद्र ३० गते स्याङ्गजा जिल्लाको वालिङ्गमा विस्तारित शाखा खालेको कम्पनीले जनाएको छ । 

शाखा उद्घाटनको सँगै गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाको महत्व बारे समेत प्रकाश पारेको छ । कम्पनीले अन्य स्थानमा पनि शाखा कार्यालयहरू विस्तार गरी जीवन बीमाको सेवा देशभर सबै वर्गका जनताको पहुँच पुग्ने गरी सेवा विस्तार गर्दे उद्देश्य लिएको जनाएकाे छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।