सेयरबजार : कारोबार र नेप्से दुवैमा गिरावट

Sep 18, 2017 merolagani

सोमबारको सेयरबजार ओरालो लागेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ । अघिल्ला दुई दिन आइतबार र गत विहीबार उच्च अंकले बढेको बजारमा करेक्शन आएपछि सेयरबजार सामान्य ओरालो लागेको हो। गत विहीबार ३५ अंक तथा आइतबार १७ अंकले बजार बढेको थियो ।

सोमबार पनि बजार खुल्नासाथ लगातार बढेर १८ अंक माथिसम्म पुगेको बजारमा बिक्रीकर्ताको चाप आउन थालेपछि क्रमश ओरालो लागेको हो । कारोबार खुलेको पहिलो आधा घण्टाकै अवधिमा नेप्से १८ अंक माथि पुगेको थियो । तर विस्तारै करेक्शन आएको बजार ४.४२ अंकले घटेर १५४३.७० अंकमा बन्द भएको छ । 

कारोबारमा आएका अधिकांस समूहका सूचक घटेपछि बजार ओरालो लागेको हो। यसदिन व्यापार, जलविद्युत र उत्पादन बाहेकका सबै समूहका सूचक ओरालो लागेको छन् । सबैभन्दा धेरै बीमा समूह ७९ अंकले ओरालो लागेको छ । होटल २० अंकले घटेको छ भने अन्य बाँकी समूह सामान्य झरेका छन् ।

यसदिन १६१ कम्पनीको ४६ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब ३१ करोड कम हो ।

सोमबारको बजारमा एभरेष्ट बैंकको सबैभन्दा धेरै २ करोड ७७ लाखको कारोबार भयो । नेपाल लाइफको पनि २ करोड ७५ लाख बराबरको सेयर किनबेच भयो ।

यसदिन पनि विशाल बजार कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै झण्डै दश प्रतिशतले बढ्यो । हाम्रो विकास बैंक, फरवार्ड माइक्रोफाइनान्स तथा प्रोगेशिभ फाइनान्स लगायतको सेयरमूल्य बढेको छ ।

बरुण हाइड्रो पावरको सेयरमूल्य सबैभन्दा धेरै चार प्रतिशत बढीले घटेको बजारमा दिव्यश्वरी हाइड्रो, सिन्धु विकास, सिनर्जी हाइड्रो तथा सनराइज बैंक लगायतको सेयरमूल्य घटेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।