नेपाल कम्युनिटी डेभलपमेन्टले १२० प्रतिशत हकप्रद विक्री गर्न तोक्यो बुकक्लोज

Sep 18, 2017 merolagani

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक (NCDB) ले १२० प्रतिशत हकप्रद जारी गर्न सेयर दाखिला खारेजी (बुक क्लाेज) को मिति तोकेको छ । बैंकले असोज १८ गते सेयरधनी किताब बन्द गर्न लागेको हो ।

बैंकले चुक्ता पूँजीको १२० प्रतिशतले हुन आउने एक सय रुपैयाँ अंकित दरको २६ लाख ४३ हजार ५३८ कित्ता हकप्रद सेयर विक्री गर्न लागेको हो ।

हकप्रदमा असोज १७ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स रहेको छ ।

२२ करोड दुई लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल कम्युनिटीको हकप्रदपछि ४८ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ ।

गत आवमा बैंकले तीन करोड ६१ लख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा कायम गरेको छ । बैंककाे सेयरमूल्य साेमबार ३०८ रूपैयाँमा काराेबार भएकाे छ । 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।