एनआईसी एशिया र एनबिआई बिच सम्झौता

Sep 18, 2017 merolagani

एन आई सी एशिया बैंक (NICA) र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट बिच जानबी कोर्स संचालन गर्ने बारेमा सम्झौता भएको छ । बैंकले लर्निङ एण्ड डेभलपमेन्ट एक्टीभिटिज्लाई थप गतिशिलता प्रदान गर्न छुट्टै विभागको स्थापना गरी कार्य गर्दै आइरहेको छ ।


उक्त सम्भौतापत्रमा एन. आई. सी. एसिया बैंकका तर्फ बाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपाने र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका कार्यकारी अधिकृत संजिब सुब्बा बीच हस्ताक्षर सम्पन्न भएको छ ।

यस सम्झौता अनुसार बैंकले ३८८ जना कर्मचारीहरुलाई जानबी कोर्समा संलग्न गराउने छ । बैंकिङ क्षेत्रमा नै यति ठूलो संख्यामा उक्त कोर्ष एनआईसी एशिया पहिलो बैंक भएको बैंकको दाबी छ ।

सम्झौता अनुरुप बैंकले, एनआईबि द्वारा संचालन गरिने विभिन्न तालिम तथा कार्यक्रमहरुमा विशेष छुट समेत पाउनेछ । जानबी सर्टिफिकेसन कोर्स गर्नेले स्वःअध्ययन गरि एनबिआई द्वारा लिने परिक्षाहरु उत्तिर्ण गर्नु पर्ने हुन्छ । 

त्यस्तो परिक्षा उत्तिर्ण गर्नेहरुलाई सर्टिफिकेट दिने गरेको र हालसम्म देशमै ३४८ जना मात्रै जानबी सर्टिफाईडबैंकरहरु रहेको जानकरी एनआईबिले गराएको छ ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।