इन्भेष्टमेन्ट बैंकले बोलायो साधारण सभा

Sep 19, 2017 merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले आगामी कार्तिक ७ गते मंगलबार ३१ औं बार्षिक साधारणसभा बोलाएको छ । बैंकले राष्ट्रिय सभा गृह प्रदशनीमार्गमा विहान १० बजे साधारणसभा आह्वान गरेको हो ।

इन्भेष्टमेन्ट बैंकले साधारण सभामा गत आर्थिक बर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर तथा २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले साधारणसभाका लागि असोज १८ गते सेयर दाखिला खारेजी गर्ने (बुक क्लोज) मिति तोकेको छ । यसअनुसार बैंकले प्रस्ताव गरेको बोनस सेयर तथा नगद लाभांश असोज १७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र पाउनेछन् ।  त्यस्तै  साधारण सभाले चार जना संस्थापक सेयरधनीको निर्वाचन गर्ने कार्यक्रम छ ।

एस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेको इन्भेष्टमेन्ट बैंकको हाल चुक्ता पूँजी ९ अर्ब २४ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड रुपैयाँ नाघ्नेछ ।

बैंकले गत आर्थिक बर्षमा तीन अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरि प्रतिसेयर आम्दानी  ३५ रुपैयाँ ६८ पैसा कायम गरेको छ । बैंकको सेयर धितोपत्रको दोस्रो बजारमा सोमबार प्रतिकित्ता ७६१ रुपैयाँमा कारोबार भएको छ ।

 

................{ इन्भेष्टमेन्ट बैंकले गलत सूचना दिँदा लगानीकर्तालाई धोका ! }.....................

.................{इन्भेष्टमेन्ट बैंकको लाभांस घोषणा गर्दाको दिनको कारोबार रद्द.}...................

 


सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
 
 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।