को बन्ला नेप्सेको प्रमुख कार्यकारी ? 'सर्ट लिस्ट’ मा परेका उम्मेदवारको अर्न्तवार्ता हुँदै

Sep 19, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनौटका लागि अर्थमन्त्रालयद्धारा गठित छनौट समितिले प्रारम्भिक सूचिमा परेका उम्मेदवारलाई अर्न्तवार्तामा बोलाएको छ । छनौट समितिले सर्ट लिस्टमा परेका उम्मेदवारलाई मंगलबार अर्न्तवार्तामा बोलाएको हो ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि १३ जनाको आवेदन परेकोमा छनौट समितिले ५ जनालाई सर्ट लिस्ट गरेर अन्तरवार्तामा बोलाएको हो । 

अर्थन्त्रालयका अनुसार चन्द्र साउद, मनोज ज्ञवाली, प्रविन पन्दाक, प्रमोद शर्मा र सिताराम थपलिया सर्ट लिस्टमा परेका छन ।

सर्ट लिस्टम परेका पाँचै जना उम्मेदवारको अन्र्तवार्ता पश्चात छनौट समितिले तिन जनाको नाम मन्त्रिपरिषदमा सिफारिश गर्नेछ । र सरकारले तीन जना मध्ये एकजनालाई नेप्सेको प्रमुख कार्यकारीमा नियुक्त गर्नेछ ।

अर्थन्त्रालयले व्यावसयिक कार्ययोजनासहित दरखास्त मागेको थियो । चित्त बुझ्दो व्यवसायिक कार्ययोजना पेश गर्ने उम्मेदवारलाई अन्तरवार्तामा बोलाइएको अर्थमन्त्रालयले स्रोतले जानकारी दिएको छ ।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको कार्यकाल गत असार २५ मा सकिएपछि नेप्सेको प्रमुख कार्यकारीको पद रिक्त रहेको थियो ।

नेप्सेको प्रमुख कार्यकारी पदको लागि बाणिज्य, अर्थशास्त्र, वित्तिय वा कानुन बिषयमा स्नातकोत्तर उतिर्ण गरेर धितोपत्र बजार, पुँजी बजार, बैंकिङ वा वित्तिय क्षेत्रमा ५ बर्षको अनुभव भएका तीस बर्ष पुरा भई साठी बर्ष ननाघेका व्यक्तिहरुबाट आवेदन माग गरिएको थियो ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।