सामूहिक लगानी कोषले इकाइधनीको बैंक खातामा नै नगद लाभांश वितरण गरेको जनाएको छ । भदौ ११ गतेसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका इकाइधनीलाई बैंक खातामा नै नगद लाभांश वितरण गरेको कम्पनीले जनाएको छ ।
हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीलाई अद्यावधिक गराउन कम्पनीले भनेको छ । साथै हालसम्म पनि हितग्राही खाता नखाेलेका इकाइधनीलार्इ अबिलम्ब हितग्राही खाता खाेली इकार्इ अभाैतिकीकरण गर्न अाग्रह गरेकाे छ ।
इकाईधनीले बैंक खाता अद्यावधिक गराएपनि उक्त बैंक खातामा जम्मा हुन नसकेका इकाइधनीको नामावली योजना व्यवस्थापक डिपोजिटरी नबिल इन्भेष्टमेन्ट बैंकिङको वेभर्साटमा राखिएको जनाइएको छ ।
कोषले भदौ ११ गते इकाइधनी किताब बन्द गरेकाले भदौ १० गतेसम्म कायम रहेका इकाइधनी मात्र ४२ प्रतिशत नगद लाभांश पाउनेछन् ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य