हकप्रद जारी गर्न मञ्जुश्री फाइनान्सले डाक्यो विशेष सधारण सभा

Sep 19, 2017 merolagani

मञ्जुश्री फाइनान्स कम्पनी (MFIL) ले असोज २५ गते विशेष साधारण सभा डाकेको छ । फाइनान्सले बोनस सेयरबाट राष्ट्र बैंकले तोकेको ८० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न नसकेपछि सेयरधनीलाई पाँच प्रतिशत हकप्रद सेयर जारी गर्न विशेष साधारण सभा डाकेको हो ।

असोज २५ गते बिहान ११ बजे थापागाँउ ब्याङ्क्वेट थापागाँउमा बोलाएको सभामा पाँच प्रतिशत हकप्रद जारी प्रस्ताव पेश हुनेछ । त्यस्तै हकप्रद निष्काशन गरेपछि जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले विनियमावली संसोधन लगायतका अन्य अख्तिायारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेस हुँदैछ ।

विशेष साधारण सभाका लागि मञ्जुश्री फाइनान्सले असोज ९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने मिति निर्धारण गरेको छ । यसअनुसार असोज ८ गतेसम्म कायम रहेका सेयरधनी सभामा सहभागि हुन पाउनेछन् ।

फाइनान्सले यसअधि गत माघ ६ गतेदेखि फागुन ११ गतेसम्म चुक्ता पूँजीको १७५ प्रतिशतले हुन आउने ४३ लाख ८६ हजार ३७५ कित्ता हकप्रद सेयर बिक्री गरिसकेको छ ।

हाल फाइनान्स कम्पनीको चुक्ता पूँजी ७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ रहेको छ । हकप्रद विक्रीपछि फाइनान्सको चुक्ता पूँजी ७६ करोड पाँच लाख ९७ हजार रुपैयाँ पुग्नेछ ।

गत आवमा फाइनान्सले ६ करोड ४२ लाख ९० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ८ रुपैयाँँ ८८ पैसा कायम गरेको छ । फाइनान्सको सेयरमूल्य सोमबार प्रतिकित्ता १४६ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।