यस अघिका प्रमुख कार्यकारी अधिकृत दण्डपाणि पौडेलको असार ५ गते नै पदाबधि सकिएको थियो । कोषको प्रमुखको लागि सरकारले असार १५ गते बिज्ञापन गरेपछि आठ जनाले आवेदन दिएका थिए ।
आवेदन दिनेमा नवराज भट्ट, कृतिराज सुवेदी,श्रीप्रसाद पौडेल,भाष्कर रिमाल, बिनोदकुमार कार्की, नमिता हमाल, डा.घमानसिंह खड्का र बिष्णुबावु मिश्र थिए । यी नामहरू मध्ये अर्थमन्त्रालयद्धारा नियुक्तिकालागि गठित छनोट तथा सिफारिस समितिले पाँच जनाको मात्रै छनोट गरेको थियो ।
पाँच जनामा घमानसिंह खडका, बिष्णुबाबु मिश्र, भास्कर रिमाल, बिनोद कुमार कार्की र श्रीप्रसाद पौडेल रहेका छन । छनौट समितिले यी पाँच मध्ये तीनजनाको नाम छनौट गरी मन्त्रीपरिषदको कार्यालयमा पठाइने तयारी गरेको छ । छनौट समितिका एक सदस्यले दिएको जानकारी अनुसार अर्को हप्ता बस्ने मन्त्रीपरिषदको वैठकले कोषको कार्यकारी प्रमुख नियुक्त गर्न सक्ने छ ।
हाल निक्षेप तथा कर्जा सुरक्षण कोषमा बिष्णुबावु मिश्रले निमित्त प्रमुख कार्यकारी अधिकृतकाे जिम्वेवारी सम्हालिरहेका छन् ।