माथिल्लो तामाकोशीको प्रगति ९० प्रतिशत बढी, आमनागरिकलाई चैतमा सेयर दिने

Sep 19, 2017 rss

२२ मेगावाट क्षमताको रोल्वालिङको अनुमतिपत्र प्राप्त

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगति ९० प्रतिशत भन्दामाथि पुगेको छ । सरकारले आयोजनाका लागि हरप्रकारको सहयोग उपलब्ध गराउँदै तोकिएको समयभन्दा पहिले पूरा गरे पुरस्कारको समेत व्यवस्था गरेपछि निर्माणले गति लिएको हो ।

 

कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको सबैभन्दा अप्ठ्यारो मध्येको एक ठाडो सुरुङ (भटिर्कल साफ्ट टनेल) ब्रेक थ्रु भएपछि भौतिक प्रगति ९० प्रतिशतमाथि पुगेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए ।

विद्युत् गृहमा पानी ल्याउने सुरुङमध्येको सबैभन्दा अप्ठ्यारो मानिएको सो सुरुङ ३२२ मिटर लामो छ ।

आयोजना प्रमुख श्रेष्ठले भने, “विश्वकर्मा पूजाको दिन नै हामीले सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङ निर्माण सम्पन्न गरेका छाँै, ३१ भदौ आयोजानको लागि महत्वपूर्ण दिन सावित भएको छ । सो कार्य सम्पन्न भएपछि ‘भर्टिकल स्टिल लाइनिङ’ जडानका लागि समेत मार्ग प्रशस्त भएको छ ।”

भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको आयोजनाको काममा दैनिकजसो प्रगति भइरहेको उनको भनाइ छ । आगामी असार अन्त्यमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ ।

आयोजनाका प्रवक्ता गणेश न्यौपानेले आयोजनाको कार्यप्रगति दैनिक जसो राम्रो अवस्थामा रहेको र तोकिएको समयमा पूरा गराउन आफूहरु प्रतिवद्ध रहेको बताए । आयोजनाको काम तीव्र रुपमा अगाडि बढेपनि प्रसारण लाइन र सव स्टेशन निर्माण कार्यले गतिलिन नसक्दा विद्युत् खेर जाने आशंकाले आयोजना र नेपाल विद्युत् प्राधिकरणलाई नराम्ररी सताएको उनको भनाइ छ ।

माथिल्लो खिम्ती सव स्टेशनको काम जग्गा प्राप्तिको समस्याले अगाडि बढ्न सकेको छैन । जग्गा प्राप्तिको विषयलाई समाधान गर्न पहल भइरहेको आयोजनाले जनाएको छ ।

२२ मेगावाट क्षमताको रोल्वालिङको अनुमतिपत्र प्राप्त

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२ मेगावाट क्षमताको रोल्वालिङ खोला डाइभर्सन आयोजनाको अनुमतिपत्र पाएको छ । विद्युत् विकास विभागले सो आयोजनाको अनुमतिपत्र गत भदौ २५ गते आयोजनालाई हस्तान्तरण गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

माथिल्लो तामाकोशी आयोजनामै रोल्वालिङ खोलाको पानी मिसाउन यसअघि अध्ययन गरिए पनि नयाँ आयोजना बनाउँदा थप राम्रो हुने निष्कर्षका साथ आयोजनाको अनुमतिपत्र दिइएको हो । तामाकोशीको जलाशय रहेको स्थानभन्दा करिब २५० मिटरमाथि रोल्वालिङ खोलाको पानी प्रयोग गरेर २२ मेगावाट विद्युत् उत्पादन गरिने र सो पानी तामाकोशीको जलाशयमा नै खसालिनेछ ।

सो आयोजनाबाट वार्षिक करिब १६ करोड युनिट विद्युत् थप उत्पादन हुने अध्ययनबाट पत्ता लागेको छ । बालुवा थिग्ग्रयाउने मेसिन र विद्युत् गृह निर्माण गर्दा थप विद्युत् प्राप्त हुन्छ । सहज रुपमा निर्माण हुने भएकाले सो आयोजनालाई आर्कषक आयोजनाको रुपमा लिइएको छ ।

डाइभर्सनका लागि हालसम्म भएको अध्ययनअनुसार करिब सात किलोमिटर सुरुङ बनाउनुपर्ने छ । त्यसको विस्तृत इञ्जिनियरिङ डिजाइन तयार भइसकेकोे छ । “आयोजनाको लागत तय गर्ने काम भइरहेको छ, बल्ल अनुमतिपत्र प्राप्त भयो, हामी सबै पक्षसँग छलफल गरेर लगानी जुटाउँछाँै,” नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सञ्चालक समितिका अध्यक्षसमेत रहेका घिसिङले आयोजनाको प्रगतिसँग नयाँ परियोजनाको पनि अनुमतिपत्र प्राप्त हुनु थप खुसीको विषय भएको बताए । आयोजनाले कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष लगायतलाई लगानीका लागि आग्रह गर्ने तयारी गरेको छ । ती संस्थाले माथिल्लो तामाकोशीमा लगानी गरेका छन् । रोल्वालिङ डाइभर्सनको बाँधस्थल विकटमा रहेकाले त्यहाँसम्म पुग्न भौगोलिक जटिलता छ ।

केवलकार निर्माणको तयारी

दोलखाको छेतछेतदेखि साविकको गौरीशंकर गाविसको रिखु गाउँसम्म करिब दुई किलोमिटर लामो केवलकार निर्माणको तयारी गरिएको छ ।

केवलकारबाटै निर्माण सामग्रीलगायत ढुवानीको योजना बनाएको आयोजनाले जनाएको छ । जलविद्युत् आयोजनाका लागि केवलकार निर्माण गर्न लागिएको यो नै पहिलो पटक हो ।

स्थानीय सहकारीमार्फत साधारण शेयर बाँडिने

आयोजनाले दोलखा जिल्लावासीलाई प्रदान गर्ने साधारण शेयरका लागि स्थानीय सहकारी संस्था तथा अन्य वित्तीय संस्था परिचालन गर्ने नीति लिएको छ ।

आयोजनाले केही समयभित्रै स्थानीयवासीका लागि साधारण शेयर दिने र आगामी चैतमा आम नागरिकका लागि साधारण शेयर जारी गर्ने तयारी गरेको छ । यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र लगानीकर्ता निकायका कर्मचारीलाई साधारण शेयर दिइसकिएको छ । रासस

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।