रिभर्स रिपोबाट ५ अर्बको तरलता खिच्दै राष्ट्र बैंक

Sep 20, 2017 merolagani

नेपाल राष्ट्र बैंकले बुधबार ५ अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको हो । रिपोमा सहभागी हुन चाहने बैंकहरुले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

 बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले फेरि तरलता प्रशोचन (बैंकिङ प्रणालीमा धेरै भएको रकम खिच्न) ५ अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको हो ।

राष्ट्र बैंकले ७ दिनका लागि असोज ११ गते परिपक्व हुने गरी  उक्त रिभर्स रिपो जारी गरेकोे हो । जसअनुसार बैंकहरुले असोज ११ गते सो रकम फिर्ता पाउनेछन् । यो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने छ । बोलकबोलमा परेको आवेदनबाट भारित औषतमा व्याजदर निर्धारण गरिने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले जानकारी दिएको छ ।

अधिक तरलता न्यूनिकरण गर्न केन्द्रिय बैंकले मौद्रिक औजारको रुपमा रिभर्स रिपो जारी गर्ने गरेको छ । रिपोमा सहभागि संस्थाहरुले गरेको गोप्य बोलकबोलका आधारमा व्याजदर निर्धाण हुने छ ।

बैंकहरुसँग पर्याप्त तरलता हुँदा जथाभावी लगानी हुनसक्ने र निक्षेपकर्ताहरुले अत्यन्तै कम व्याज पाउने संभावना हुन्छ । जसले अर्थतन्त्रमा गंभीर समस्या उत्पन्न गर्छ । त्यसैले बजारमा पैसा बढी हुने बित्तीकै केन्द्रिय बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत पैसा उठाएर बजारलाई व्यवस्थित गर्ने नीति लिन्छ ।

राष्ट्र बैंकले बजारमा तरलताको अवस्था हेरेर रिपो वा रिभर्स रिपो जारी गर्ने गर्छ । बैंक वित्तीय संस्थामा लगानी गर्न रकम अभाव हुँदा रिपो जारी हुन्छ । त्यसको विपरीत रिभर्स रिपो जारी गरिन्छ । यी दुवै जारी हुँदा बैंक वित्तीय संस्थाले ट्रेजरी बिल्स लगायत उपकरण खरिद बिक्री गर्ने गर्छन् ।

राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा ७१ अर्ब रुपैयाँको हाराहारीमा तरलता छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।