टेलिकमले मंगलबारदेखि ‘वाउटाइम’ नाम एपबाट यस्तो सेवा सुरु गरेको हो । विन नेपाल प्रालिसंगको सहकार्यमा वाउटाइम सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।
एक सय ३० भन्दा बढी टिभि च्यानल हेर्न सकिने एपमा चलचित्र तथा भिडियो हेर्न र एफएम सुन्न सकिन्छ । लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका च्यानल उपलब्ध हुने टेलिकमले जनाएको छ ।
भविष्यमा च्यानलको संख्या आवश्यकता अनुसार थप्दै जाने योजना टेलिमको छ ।
यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड÷पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ । हाललाई दशै तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप्स सब्स्क्रिप्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको टेलिकमले जानकारी दिएको छ ।
एक महिना पछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एपमार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ । एप एण्ड्रोइड तथा आईओएस डिभाइसमा चलाउन सकिने बताइएको छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य