शाइन रेसुङ्गाले गर्यो २५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव

Sep 20, 2017 merolagani

रुपन्देहीको बुटवलमा कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले २५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले गत बर्षको कमाईबाट लाभांश प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक बर्षमा ३४ करोड ९६ लाख २० हजार रुपैंया खुद नाफा कमाएको थियो । बैंकले बोनस बापत २७ करोड ५७ लाख २३ हजार एक सय रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले कर बापतको रकम भने छुट्टाएको छैन ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल बैंकको चुक्ता पूँजी एक अर्ब १० करोड २८ लाख ९२ हजार रुपैयाँ छ । बोनसपछि बैंकको पूँजी एक अर्ब ३७ करोड रुपैयाँ नाघ्नेछ ।

१० जिल्ला कार्यक्षेत्र भएको बैंकले एक अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्ने हुन्छ । अहिले बैंकको जगेडा कोषमा ५४ करोड ३१ लाख रुपैयाँ सञ्चित छ ।

 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।