सानीमाले असोज ६ गते सेयरधनी किताब बन्द गर्ने भएकाले बिहीबार घटस्थापनाको सार्वजानिक विदा परेकाले बुधबारसम्म सेयर किनेर सेयरधनी कायम भएका वा यसअघि नै बैंकको सेयरधनी रहेका लगानीकर्ता बोनस पाउन योग्य हुनेछन् ।
प्रस्तावित बानेस राष्ट्र बैंकको स्वीकृति र बैंकको अगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले साधारण सभाको मिति भने तोकेको छैन ।
६ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सानिमाले गत आर्थिक बर्षमा एक अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा कायम गरेको छ ।
बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख रुपैयाँ पुग्नेछ । बैंकको सेयरमूल्य प्रतिकित्ता ४०० रुपैयाँ हाराहारीमा रहेको छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य