डिप्रोक्सको लिलामी सेयरमा आवेदन गर्ने अन्तिम दिन

Sep 20, 2017 merolagani

नेपाल बैंक (NBL) ले गत भदौ १५ गतेदेखि लिलामीमा राखेको डिप्रोक्स लघुवित्तको एक लाख ८० हजार ३७८ कित्ता साधारण सेयरमा लिलामी आवेदन गर्ने बुधबार अन्तिम दिन हो ।

नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको डिप्रोक्सको संस्थापक र साधारण गरी झण्डै सवा आठ लाख कित्ता सेयर मध्येबाट बैंकले एक लाख ८० हजार तीन सय ७८ कित्ता साधारण सेयर मात्र बोलकबोलबाट बेच्न लागेको हो ।

इच्छुक आवेदकले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्सालबाट बुधबार कार्यालय समयभित्र न्यूनतम १०० कितादेखि अधिकतम १० ले भाग जाने गरि लिलामीमा आएका सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लिलामी आवेदन गर्दा न्यूनतम मूल्य एक हजार २०० रुपैयाँ वा सोभन्दा बढी मूल्य राखेर शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र असोज ६ गते शुक्रबार बिहान ७ बजे बिक्री प्रन्धकको कार्यालय नारायणचौर नक्सालमा खोलिने क्यापिटलले जनाएको छ ।

६० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको डिप्रोक्सले गत आर्थिक वर्षमा २६ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३८ पैसा कायम गरेको छ । डिप्रोक्सको प्रतिकित्ता सेयरमूल्य एक हजार दुर्इ सय ८० रुपैयाँ हाराहारी रहेको छ ।

नेपाल बैंकले आफ्नो बित्तीय अबस्था सुदृढ पार्न बिगतमा नागरिक लगानी कोष, नेपाल ईन्स्योरेन्सको सेयर र बिभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गरिसकेको छ । उसँग अझै धेरै कम्पनीको लाखौ कित्ता सेयर र देशका बिभिन्न ठाउँमा सयौं रोेपनी मूल्यवान जग्गा छन् ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।