स्थायी लेखा नम्बर (प्यान) का बिषयमा भ्रममा नपर्न लगानीकर्ता संघको आग्रह

Sep 20, 2017 merolagani

सेयर लगानीकर्ता संघले पुँजी बजारमा स्थायी लेखा नम्बर (प्यान नम्बर ) को बिषयमा भएका अनावश्यक टिकाटिप्पणीप्रति गम्भिर ध्यानकर्षणको भएको जनाएको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दे सेयर कारोबाका लागि प्यान नम्बर अनिवार्य नगरिएको प्रष्ट पारेको छ ।

सेयर लगानीकर्ता संघले जारी गरेको विज्ञप्तिमा  नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा प्यान नम्बर अनिवार्य लागू गर्ने विषय आफ्नो कार्ययोजनामा मात्र समावेश गरेको उल्लेख गरेको छ । सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेरमात्रै बोर्डले यसबारेमा निर्णय लिने संघको भनाई छ ।

धितोपत्र बोर्डले आफ्नो बार्षिक कार्यक्रममा ०७५ साउन बाट सेयर कारोबारमा प्यान नंम्बर अनिवार्य गर्ने योजना सार्वजनिक गरेको थियो ।

त्यस्तै लगानीकर्ताले हल्लाका भरमा भन्दा पनि आफैंले सम्बद्ध कम्पनीको समग्र वित्तीय अवस्था, व्यवस्थापनलगायतका विषयमा गहन अध्ययन गरेरमात्र लगानीसम्बन्धी निर्णय लिनसमेत आग्रह गरेको छ ।

लगानीकर्ता संघले धितोबजार सुधारका लागि अड लट कारोबार, ब्रोकरहरुको कार्य क्षेत्र विस्तार, क्लियरिङ बैंक थप्ने लगायतका कार्य पूरा भइसकेको बताउदै अनलाइन प्रणाली, ब्रोकरलाई मार्जिन लेन्डिङ कारोबार गर्न दिने, बजार निर्माता भित्र्याउने कार्य तथा गैरआवासीय नेपालीलाई लगानी खुला गर्ने विषयमा सम्बन्धित निकायबाट अध्ययन र कार्य अघि बढाइएको जानकारी प्राप्त भएको समेत विज्ञप्तिमा उल्लेख गरकोे छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।