गोर्खाज फाइनान्सको ४ लाख बढी संस्थापक सेयरमा लिलामी खुल्याे

Sep 20, 2017 merolagani

गोर्खाज फाइनान्स (GUFL) को संस्थापक समूहको चार लाख २४ हजार ४२० कित्ता सेयरमा लिलामी आवेदन खुला भएको छ । लगानीकर्ताले फाइनान्सको लिलामी सेयरमा असोज ४ गतेदेखि असोज २२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

इच्छुक लगानीकर्ताले फाइनान्सको सेयर विक्री प्रबन्धक एनआइबीएल क्यापिटल क्यापिटलमा प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरि न्यूनतम एक सय कित्ता वा १० ले भाग जानेगरि सबै कित्ताका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रदमा अवितरित भएकाे सेयर गत साउन १० गतेदेखि १९ गतेसम्म संस्थापक ९ लाख ७९३ कित्ता सेयर तथा एक लाख ५४ हजार ३९६ कित्ता साधारण सेयर लिलामीमा राखेपनि सबै संस्थापक सेयर लिलामीमा विक्री नभएपछि अहिले सर्वसाधारणले समेत भर्न पाउने गरि फेरि लिलामीमा ल्याएको हो ।

बोलपत्र असोज २३ गते बिहान १० बजे एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाटमा  खुला गरिने क्यापिटलले जनाएको छ ।

७६ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको गोर्खाजले गत आर्थिक वर्षमा १३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४ पैसा कायम गरेको छ । फाइनान्सको सेयर प्रतिकित्ता २०४ रुपैयाँ हाराहारीमा नेप्सेमा बुधबार कारोबार भएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।