दश बैंकका भिसा कार्डबाट सोझै रकम भुक्तानी गर्नेलाई दश प्रतिशत नगद छुट

Sep 20, 2017 merolagani

विभिन्न दश बैंक तथा वित्तीय संस्थाले सोझै भिसा कार्डबाट रकम भुक्तानी गर्ने ग्राहकलाईलाई दश प्रतिशत नगद फिर्ता योजना सार्वजनिक गरेका छन् । इन्भेष्टमेण्ट बैंक तथा यस बैंकका भिसा कार्ड सञ्जालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी यो योजना ल्याएका हुन् ।

यस योजना अर्न्तगत भिसा कार्डबाहकहरुले आफ्नो आन्तरीक भिसा डेविट वा क्रेडिट कार्ड नेपाल भित्रका विभिन्न रेष्टुरेन्ट तथा बिक्रि केन्द्रहरुबाट सर–सामान खरिद गर्दा सम्पूर्ण खरिद मूल्यको १० % नगद आ–आफ्नो खातामा फिर्ता पाउँनेछन् ।

साथै यस योजनाबाट लाभान्वित हुन कार्डबाट कारोबार गर्दा एकपटकमा कम्तीमा पाँच सय रुपैयाँ सम्मको सामान खरिद गर्नुपर्ने हुन्छ भने कार्डबाहकले प्रत्येक दिन एक हजार रुपैयाँ सम्म मात्र नगद फिर्ता पाउनेछन् ।

यस योजनाबाट सेन्चुरी बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक,महालक्ष्मी विकास बैंक, मेगा बैंक नेपाल, एनसिसि बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताहरु लावान्वित हुन सक्नेछन् ।

 

 सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।