इलाम शाखाको उद्घाटन डेनिस राजदूतावासका प्रमुख इनग्रीड ड्हाल मेडसन तथा बैंकका अध्यक्ष मनोज कुमार केडियाले संयुक्त रुपमा गरे । फिक्कल शाखाकोे उद्घाटन बैंकका अध्यक्ष केडियाले गरेका हुन् ।
बैंकले यी शाखाहरु उन्नति एक्सेस टु फाइनान्स कार्यक्रम UN CDFअन्तर्गत सँगको सहकार्यमा स्थापना गरेको हो । बैंकको यी शाखा कार्यालयहरु मार्फत सम्पुर्ण बैंकिङ सेवाका उपलब्ध हुने जानकारी गराएको छ ।
विस्तारित शाखाहरु मार्फत विपन्न वर्गको उत्थानका लागि लघु बैंकिङ्ग सेवा र शाखारहित बैंकिङ्ग सेवालाई विशेष प्राथमिकता दिने बैंकले जनाएको छ ।
थपिएका दुर्इ शाखा सहित बैंकले आफ्ना ७७ शाखा, ३ एक्स्टेन्सन काउन्टर ९९ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५०० भन्दा बढी POS मार्फत् ग्राहकहरुलाई उच्चस्तरिय बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।