१. रिचार्जमा १० प्रतिशत बोनस
जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी असोज १० गते सम्म रु ५०।–, १००।–, २००।–, ५००।– र १०००।– का रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । त्यसैगरी १०।– र सो भन्दा बढी एमपिओएस मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध हुने टेलिकमले जनाएको छ ।
२ एसएमएसमा ५० प्रतिशत छुट
जिएसएम तथा सिडिएमए प्रिपेड तथा पोष्टपेड दुबै सेवामार्फत कम्पनी कै नेटवर्क भित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा मिति असोज ११ गतेदेखि १९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । उक्त अवधिमा कम्पनीको सेवा प्रयोगकर्ताले नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सक्नेछन् ।
३. कम्बो प्याकेज
नेपाल टेलिकमका जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस कल, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ ।
यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस कल, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुनेछ ।
५० रुपैयाँमा ४५ मिनेट भ्वाइस कल, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन अवधि रहनेछ । एक सय रुपैयाँमा ११० मिनेट भ्वाइस कल, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिनसम्म प्रयोग गर्न सकिनेछ । तीन सय रुपैयाँमा ३६० मिनेट भ्वाइस कल, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम एक महिनाका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ ।
यो प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम लिनको लागि COMBO10 टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ ।त्यसैगरी अन्यको लागि COMBO25, COMBO50, COMBO100 अथवा COMBO300 टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । साथै *1415# डायल गरेर पनि यो प्याकेज लिन सकिन्छ ।
४. भ्वाइस प्याकेज
टेलिकमका जिएसएम तथा सिडिएमए प्रिपेड र पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुनेछ । यो प्याकेज १ दिनभित्र प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट तीन दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ७५ मीनेट ५ दिन, एक सय रुपैयाँमा २०० मिनेट १० दिन र तीन सय रुपैयाँमा ६५० मिनेटको भ्वाइस प्याकेज एक महिनाका लागि उपलब्ध हुनेछ । यो प्याकेजहरु २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्नेछ ।
यो प्याकेज अन्तर्गत अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल लिनको लागि VOICE11 टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । त्यसैगरी अन्यको लागि VOICE30, VOICE75, VOICE200 अथवा VOICE650 टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ । साथै ८ज्ञद्धज्ञछ३ डायल गरेर पनि यो प्याकेज लिन सकिन्छ ।
५. युट्युब डाटा प्याकेज
जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी ६० रुपैयाँमा ५०० एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ ।
यो प्याकेज लिनका लागि YT1GB वा YT500MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।
६. निःशुल्क फोरजी सिम परिवर्तन गर्नसक्ने
कम्पनीले मिति असोज ५ गतेदेखि कातिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम (यू सिम) परिवर्तन निःशुल्क गरिएको छ । यो सेवा कम्पनीका काठमाण्डौ, ललितपुर, भक्तपुर र कास्की जिल्लाका काउन्टरहरु मार्फत उपलब्ध हुनेछ । साथै विभिन्न महोत्सवमा स्थापित स्टलबाट पनि लिन सकिने छ ।
७. पिएसटिएन तथा सि फोन सेवामा १०० कल बोनस
टेलिकमको ल्याण्डलाइन (पिएसटिएन) तथा सि फोन (सिडिएमए पोष्टपेड फिक्स) सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल रु २००।– मा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा १०० स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्ध गराइएको छ ।
८. एडिएसएल एफटिटिएच र वाईम्याक्स अफर
दशैको अवसरमा टेलिकमले असोज ११ गतेदेखि असोज १८ गतेभित्र भित्र अनलिमिटेड र भोल्युम बेस एडिएसएल अकाउण्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि मिति असोज १९ गतेसम्म थप गरिएको छ । त्यसैगरी असोज ११ गतेदेखि असोज १८ गतेभित्र एफटिटिएच र वाईम्याक्स समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि असोज १९ गतेसम्म थप गरिएको छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य