चाडपर्वको खर्च जोगाउनुहोस् आधादर्जन कम्पनीको ६ अर्ब बढीको म्यूचल फण्ड आउँदै

Sep 21, 2017 merolagani

सेयरबजारमा आधादर्जन कम्पनीहरुले ६ अर्ब बढीको म्यूचल फण्ड निष्कासन गर्ने भएका छन् । हालसम्म ६ कम्पनीले म्यूचल फण्ड निष्कासनको लागि आवेदन गरेकोमा एक कम्पनीले निष्कासनको अनुमति पाईसकेको  छ ।



नेपाल धितोपत्र बोर्डमा म्यूचल फण्ड निष्कासनको आवेदन दिएकामध्ये सिद्धार्थ क्यापिटलको एक अर्ब २० करोडको सिद्धार्थ ईक्विटी फण्डले निष्कासनको अनुमति पाईसकेको छ । गत भदौ १४ गते नै १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न अनुमति पाएको फण्डले आगामी असोज २५ गतेदेखि असोज २९ गतेसम्मे म्यूचल फण्डको बिक्री खुला गर्ने भएको छ ।

सेयर बजारमा आफै जोखिम बहन गरेर प्रत्यक्ष लगानी गर्न नचाहने नयाँ तथा साना लगानीकर्ताहरुका लागि सुरक्षित लगानी गर्नु यस्ता सामुहिक लगानी कोषहरु उपयुक्त माध्यम हुन् । यस्ता कम्पनीले बिज्ञहरुबाट अध्ययन गराई कम्पनीको आधारभुत अबस्था र जोखिमका पक्षहरुको गहन बिश्लेषण गरी लगानी गर्ने हुँदा लगानी सुरक्षित हुन्छ । 

 

 

त्यस्तै ग्लोबल आइएमई क्यापिटल, सानिमा क्यापिटल, सिबिआईएल क्यापिटल, एनआईसी एशिया क्यापिटल र एनआईबिएल क्यापिटलले पनि म्यूचल फण्ड निष्कासनको लागि बोर्डमा आवेदन गरेका छन् । यी पाँच कम्पनीका म्युचलफण्डले भने बोर्डबाट निष्कासन अनुमति पाउन बाँकी छ ।

ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्ने माग गरेको छ । यो फण्ड ग्लोबल आइएमई क्यापिटलले संचालनमा ल्याउन लागेको हो । 

त्यस्तै, सानिमा क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको सानिमा इक्विटी फण्डका १२ करोड इकाई निष्काशन गर्न लागेको छ । सिटिजन्स म्यूचल फण्ड १ ले एक अर्ब रुपैयाँ बराबरको म्यूचल फण्ड निष्कासन गर्ने भएको छ । एनआईसी एसिया ग्रोथ फण्डले पनि एक अर्ब रुपैयाँ बराबरको म्यूचल फण्ड निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ ।

त्यसैगरी, एनआइबिएल क्यापिटलको ५० करोड रुपैयाँ बराबरको एनआईबिएल सहभागिता फण्डका ५ करोड इकाई बजारमा आउँदै छ ।  बोर्डको अनुमति पाए पश्चात एनआईबिएल क्यापिटल मार्फत सो म्यूचल फण्ड जारी गर्ने छ ।

ईकाईधनीले ईकाईको अबधि सकिएपछि नाफासहितको एकमुष्ठ रकम फिर्ता पाउने हुँदा म्यूचल फण्डको लगानी  बाट दोहोरो लाभ हुने नै छ त्यसमाथि आफुलाई आबश्यक परेको बेला यस्ता ईकाईहरु शेयर बजारमा बेच्न पनि सकिने छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।