सेयरबजारका लगानीकर्तालाई हकप्रदको भारी,अझै १९ अर्ब बराबरको लगानी थप्नुपर्ने

Sep 21, 2017 rss

धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार बराबरको हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ । यस्तै धितोपत्र बोर्डमा विभिन्न १८ कम्पनीले  १२ अर्ब ९४ करोड ३० लाख ६८ हजार बराबरको हकप्रद शेयर निस्कासनका लागि आवेदन दिएका छन् । बोर्डमा हकप्रद निष्कासनको अनुमति पाएका र आवेदन गरेका कम्पनीका सेयरधनीले १९ अर्ब बढी रकम लगानी थप्नुपर्ने देखिएको छ । 

बोर्डले चालू आर्थिक वर्षको शुरुवातबाटै सो परिमाणको हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो । कुल ५७ करोड १८ लाख पाँच हजार ४२७ कित्ता हकप्रद शेयर स्वीकृत भएको हो ।

स्वीकृति पाएकामध्ये मेघा बैंक ‘क’ वर्गमा रहेको छ । सो बैंकले गत भदौ २७ गतेदेखि  दुई अर्ब ९७ करोड ८५ लाख तीन हजारको हकप्रद शेयर जारी गरेको छ  ।नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार र आठ अर्ब चुक्ता पुँजी पु¥याउन बैंकले हकप्रद शेयर जारी हो ।

मेगा बैंकको २ अर्ब ९७ करोड ८५ लाखको हकप्रद सेयर बिक्रीमा आयो

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले हकप्रद शेयर दिने र टुरिजम डेपलभमेन्ट बैंकलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी रु नौ अर्बमाथि पुग्ने बताए । दशैँलगत्तै मेघाले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने तयारी गरेको छ । त्यसका लागि विशेष साधारणसभासमेत बोलाइएको छ ।

हकप्रद शेयर जारी गर्न लागेका वित्तीय संस्थामा छवटा विकास बैंक रहेका छन् । मुक्तिनाथ विकास बैंक, समिट माइक्रोफाइनान्स विकास बैंक, एक्सेल विकास बैंक, ओम विकास बैंक, नेपाल कम्युनिटी विकास बैंक र भार्गव विकास बैंक रहेका छन् । अधिकाशं विकास बैंकले चुक्ता पुँजी पु¥याउन हकप्रद शेयर जारी गर्न लागेका हुन् ।

यस्तै, हकप्रद शेयर जारी गर्न लागेकामा पाँचवटा लघुवित्त संस्था रहेका छन् । किसान माइक्रोफाइनान्स वित्तीय संस्था, आएसडिसी लघुवित्त, समटि माइक्रोफाइनान्स, गुह्श्वेरी मर्चेन्ट बैंकिङ र जनरल फाइनान्स कम्पनी रहेका छन् । विभागले गत साउन २ गतेदेखि गत भदौ २५ गतेसम्म ती वित्तीय संस्थालाई हकप्रद शेयर निस्कासनका लागि अनुमति दिएको सहायक प्रवक्ता डा नवराज अधिकारीले जानकारी दिए ।

जसमध्ये मेगा बैंक मुक्तिनाथ विकास बैंक, आएसडिसी लघुवित्त,समिट माइक्रो, किसानमाइक्रो फाइनान्स, जेबिल्स फाइनान्स, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, अरुण फाइनान्स, सिन्धु विकास बैंक, काबेली विकास बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स लगायतको हकप्रद सेयरको बिक्री जारी रहेको छ । 

यस्तै ‘क’ वर्गका वित्तीय संस्थाका रुपमा रहेको सेञ्चुरी बैंकले पनि हकप्रद शेयर निस्कासन गरेको थियो । चुक्ता पुँजी रु आठ अर्ब पु¥याउने दबाबमा रहेका ‘क’ वर्गका बैंकलाई राष्ट्र बैंकले थप ६ महिना समय दिएको छ । सो अवधिभित्र चुक्ता पुँजी पु¥याउनै पर्नेछ ।

 

अठार कम्पनीको १२ अर्ब ९४ करोड हकप्रद शेयर पाइपलाइनमा

यस्तै धितोपत्र बोर्डमा विभिन्न १८ कम्पनीले हकप्रद शेयर निस्कासनका लागि आवेदन दिएका छन् । कुल १२ करोड ९४ लाख ३० हजार ६८७ कित्ता शेयर हकप्रदका लागि तयारी हालतमा छन् । ती शेयरको मूल्य रु १२ अर्ब ९४ करोड ३० लाख ६८ हजार रहेको छ ।

आवेदन दिएकामध्ये चारवटा वित्तीय संस्थाको हकप्रद शेयर स्वीकृतिको चरणमा रहेको छ । बोर्डले मागेको कागजात पु¥याएर अध्ययनका क्रममा रहेका सांग्रिला विकास बैंक, सेन्ट्रल फाइनान्स, प्रुडेन्सियल इन्सुरेन्स र गुराँस लाइफ इन्सुरेन्स रहेका छन् ।

यस्तै, प्रतीक्षा सूचीमा ‘क’ वर्गको प्रभु बैंक पनि रहेको छ । सो बैंकको रु दुई अर्ब ३५ करोड २५ लाख ६ हजार बराबरको हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । यस्तै एशियन लाइफ इन्सुरेन्स, श्री इन्भेस्ट एण्ड फाइनान्स कम्पनी र कर्णाली विकास बैंक पनि हकप्रद शेयर निस्कासनका लागि बोर्डको प्रतीक्षा सूचीमा छ ।

अपी पावर कम्पनीले रु दुई अर्ब १० करोड बराबरको हकप्रद शेयर जारी गर्न लागेको छ । बोर्डमा प्रारम्भिक अध्ययनका क्रममा विभिन्न पाँच कम्पनी रहेका छन् । उत्पादनतर्फ श्रीराम सुगर मिलले रु ८९ करोड तीन लाख ९४ हजारको शेयर जारी गर्न लागेको छ । गण्डकी विकास बैंक, सिद्धार्थ बैंक, एभरेस्ट इन्सुरेन्स र साहारा विकास बैंकले पनि हकप्रद जारी गर्न आवेदन दिएको र बोर्डमा प्रारम्भिक अध्ययनको चरणमा रहेको छ ।

बोर्डले सोधेका केही सवालको उत्तर दिने क्रममा थप चार कम्पनी रहेका छन् । त्यसमा माउन्ट मकालु विकास बैंक, ग्रिन डेपभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स र सिभिल बैंक लिमिटेड रहेका छन् । हकप्रद शेयर दिन विभिन्न कम्पनी लाइन लागेपछि लगानीकर्तालाई उत्साहित बनाएको छ । तर धितोपत्र बजार भने अस्थिर हुन पुगेको छ । बुधबार मात्रै बजार पुनः ३.८९ बिन्दुले घटेर एक हजार ५३९ बिन्दुमा पुगेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।