राष्ट्रिय बीमा संस्थानको नयाँ बीमा योजना सार्वजनिक

Sep 21, 2017 merolagani

राष्ट्रिय बीमा संस्थान (RBS) ले ‘जीवन बन्धु दोहोरो लाभ जीवन बीमा’ नामक नयाँ योजना ल्याएको छ । कम्पनीले जीवन रहँदा पनि, जीवन नरहँदा पनि स्लोगनसहित ल्याएको बहुप्रतिक्षित सो योजना सार्वजनिक गरेको हो  । विहीबारदेखि कार्यान्वयनमा ल्याइएको योजना अनुसार बीमितले दुई पटक बीमा दाबी गर्न पाउनेछन् ।

सावधिक अवधि पुरा भएपछि एक पटक दाबी गर्न सकिनेछ । त्यसपछि बीमितको मृत्यु भएपछि नीजको परिवारले फेरी अर्को एक पटक बीमा दाबी गर्न सक्नेछन् । यो बीमा योजना ११ बर्ष उमेरदेखि ६५ बर्ष उमेरसम्म लागु हुने संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले बताए । बीमा लेख लागु भएको दुई वर्षपछि धितो राखेर ९० प्रतिशतसम्म ऋण लिन सकिने उनले बताए ।

कम्पनीले यस अघि नै १० प्रकारका बीमा योजना कार्यान्वयन गरिरहेको छ । सावधिक र आजीवन बीमा योजनाका गुण भएको योजनाले कम्पनीको बजार विस्तारमा ठूलो भूमिका निर्वाह गर्ने निमित्त प्रशासक थापाले बताए ।

समयसापेक्ष प्रतिष्पर्धाको लहरमा संस्थानले आफुलाई उभ्याइसकेको भन्दै संस्थानका अध्यक्ष डा। खोमराज खरेलले संस्थानमा लामो समयदेखि बाह्य लेखापरीक्षण हुन नसक्नु, संस्थानको आन्तरिक व्यवस्थापनमा उपयुक्त समन्वय हुन नसक्नु, समय सापेक्ष जनशक्ति तथा सूचना व्यवस्थापन प्रणाली तथा प्रविधि जस्ता चुनौतिलाई चिर्दै संस्थानलाई नयाँ ढंगबाट अगाडि बढाइएको बताए । बाँकी रहेको सम्पूर्ण लेखापरीक्षण तीब्र गतिमा अगाडि बढाइएको भन्दै अब छिट्टै सम्पन्न हुने उनले बताए ।

‘बीमा व्यवसायमा विश्वसनीयता राष्ट्रिय बीमा संस्थान’ भन्ने नारालाई ग्राहकले भित्रैदेखि महसुस गर्नेगरी संस्थानको मुख्य रणनीति बजार व्यवस्थापनमा केन्द्रित गरेको उनले बताए । नयाँ प्रडक्टसँगै बजार अबका दिनमा सक्रिय र आक्रामक रूपमा अघि बढेको उनले बताए ।

राष्ट्रिय बीमा संस्थाको वित्तीय स्थिति ज्यादै नै सुदृढ रहेको भन्दै नियमनकारी निकाय बीमा समितिले तोकेको दुई अर्ब पूँजी पु¥याउन त्यसको पूँजी योजना सञ्चालक समितिबाट पारित गरेर नेपाल सरकार अर्थ मन्त्रालयमा स्विकृतिको लागि पठाइ सकेको  उनले  जानकारी दिए ।

राष्ट्रिय बीमा संस्थान २०२५ सालमा स्थापना भएको हो । देशको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजी परिचालन गर्न तथा विदेशी मुद्राको व्ययभार रोक्ने उद्देश्य लिई स्थापना भएको संस्थानले आफ्नो बीमा व्यवसाय क्षेत्रमा महतवपूर्ण भूमिका निर्वाह गर्दै एक भरपर्दो, विश्वसनीय तथा अग्रणी स्थान ओगट्न सफल भएको छ । 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।