पोखरा फाइनान्सको एफपिओ सूचीकृत

Sep 22, 2017 merolagani

पोखरा फाइनान्स (PFL) को एफपिओ शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । फाइनान्सले भदौ २९ गते विहीबार बाँडफाँड गरेको ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ सूचीकरण गराएको हो ।

पोखरा फाइनान्सले गत साउन २९ देखि भदौ १ गतेसम्म एक सय रुपैयाँमा १२० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२० रुपैयाँका दरले ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ बिक्री खुला गरेको थियो ।

एपिअाेमा २० कित्तासम्म माग गर्ने सबैले मागेजति सेयर प्राप्त गरेका थिए भने ३० कित्ता माग गर्नेले गोलाप्रथाबाट ३० कित्ता सेयर प्राप्त गरेका थिए भने २ जनाले ३१ कित्ता सेयर हात पारेका थिए । 

एफपिओ सूचिकरणपछि फाइनान्सको चुक्ता पूँजी ६५ करोड ५७ लाख ८८ हजार ४९२ रुपैयाँ पुगेको छ ।

फाइनान्सले गत आवमा ८ करोड ७७ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा कायम गरेको छ । फाइनान्सको सेयरमूल्य नेप्सेमा बुधबार २३७ रुपैयाँमा कारोबार बन्द भएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।