ओम डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद सेयरको बिक्री असोज २३ देखि खुल्ने

Sep 22, 2017 merolagani

ओम डेभलपमेन्ट बैंकको १० बराबर ३ कित्ता अनुपात अर्थात ३० प्रतिशत हकप्रद सेयर असोज २३ गतेदेखि बिक्रीमा आउने भएको छ । बैंकले चुक्ता पुँजी बढाउने उदेश्यसहित १ सय रुपैंयाँ मूल्यमा ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

बैंकले हकप्रद प्रयोजनका लागि यहि भाद्र ३० गते सेयरधनी दर्ता पुस्तीका बन्द गरेको थियो । गत भदौ २९ गतेसम्म कायम सेयरधनीले बैंकको हकप्रदमा आवेदन गर्न पाउनेछन् । हकप्रद सेयरका लागि कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ । 

ओम बैंकको हकप्रद सेयरको निष्काशन एनआईबिएल क्यापिटलले गर्नेछ ।

एनआईबिएल क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको बैंकले आफ्ना सबै शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको बिराटनगर, इटहरी, बिरगञ्ज, नेपालगञ्ज र धनगढीबाट आवेदन दिन सकिने जनाएको छ ।

हाल एक अर्ब ६४ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको ३० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी दुई अर्ब १३ करोड नाघ्नेछ । बैंकले राष्ट्र बैंकले तोको पूँजी पुर्याउन ३७ करोड बराबरको बोनस बाड्नुपर्ने देखिन्छ ।

बैंकले गत आर्थिक वर्षमा ४३ करोड ३४ लाख रुपैंया खु्द नाफा कमाएको छ । बैंकको जगेडा कोषमा ७५ करोड ८६ लाख ५९ हजार रुपैंया सञ्चित छ ।

ओम डेभलपमेन्ट बैंकले मनास्लु विकास बैंकलाई गाभेपछि कायम पूँजीका ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।