सानिमा बैंकको सेयरमूल्य समायोजन

Sep 22, 2017 merolagani

सानिमा बैंक (SANIMA) को सेयरमूल्य समायोजन भएको छ ।  बैंकले शुक्रबार सेयरधनी किताब बन्द गरेकाले नेपाल स्टक एक्सचेञ्जले १६ प्रतिशत बोनस सेयरलाई समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले सानिमा बैंकको १६ प्रतिशत सेयरमूल्यलाई समायोजन गर्दा प्रतिकित्ता ३४१ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

बैंकको १८० दिनको सेयरमूल्यलाई आधार मान्दा औसत आधार मूल्य भने ४३४ रुपैयाँ निर्धारण भएको छ । 

बैंकले वितरण गर्न प्रस्ताव गरेको बोनस राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्न सक्नेछन् । बैंकको बोनस असोज ४ गतेसम्म कायम रहेका सेयरधनीले पाउनेछन् ।

६ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सानिमा बैंकले गत आवमा एक अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा कायम गरेको छ । बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।