लाईफ इन्स्योरेन्स कर्पोरेशनकाे २४.८ प्रतिशत बोनस सूचीकृत

Sep 22, 2017 merolagani

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN)  २६ लाख ५२ हजार २४३ दशमलव ७५ कित्ता बोनस सेयर सूचीकरण गराएको छ ।

कम्पनीले अार्थिक बर्ष २०७२/ ७३  काे नाफाबाट वितरण गरेकाे चुक्त्ता पूँजीकाे २४.८ प्रतिशत बराबरकाे बोनस सेयर शुक्रबार स्टक एक्सचेञ्जमा सूचीकरण गराएको हो ।

एक अर्ब ६ कराेड ९४ लाख रूपैयाँ चुक्त्ता पूँजी रहेकाे  कम्पनीकाे २४.८ प्रतिशत बाेनसपछि  सूचीकरणपछि एक अर्ब ३३ कराेड ४६ लाख रूपैयाँ पुगेकाे छ । बीमा समितिकाे निर्देशन अनुरूप कम्पनीले २०७५ असार मसान्तसम्म दुर्इ अर्ब पूँजी कायम गर्नुपर्छ । 

गत आर्थिक बर्षको अपरिष्कृत वित्तिय विवरण अनुसार कम्पनीले ११ करोड ६७ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७५ पैसा कायम गरेको छ । 

  

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।