पूँजीगत खर्च वृद्धि हुने राष्ट्र बैंकको अपेक्षा, व्यापार घाटा व्यस्थापन चुनौतीपूर्ण

Sep 22, 2017 merolagani

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा पूँजीगत खर्च वृद्धि हुने अपेक्षा गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक बर्षको पहिलो महिनाको देशको वर्तमान समष्टिगत आर्थिक तथा वित्तीय परिदृश्य सार्वजनिक गर्दै यस्तो आँकलन गरेको हो । तर राजश्व संकलनमा भएको कमी, बढ्दो व्यापार घाटाले समष्टिगत आर्थिक व्यस्थापन चुनौतीपूर्ण हुने राष्ट्र ठहर छ ।

चालु आर्थिक बजेटले स्थानीय तहलाई २२५ अर्ब वित्तीय हस्तान्तरण गरेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको र स्थानीय तहलाई ठूलो रकम वित्तीय हस्तान्तरण गरिएकाले यसबाट चालु आर्थिक वर्षमा पुँजीगत खर्च वृद्धि हुने अपेक्षा राष्ट्र बैंकको छ ।

स्थानीय तहको निर्वाचन सफलता पूर्वक सम्पन्न भएकाले यसबाट पनि औद्योगिक वातावरणमा सुधार भएको छ । पर्यटक स्तरीय होटलहरुको बेड अकुपेन्सी दरमा गत अवधिको तुलनामा उल्लेख्य सुधार भई करीव ७५ प्रतिशत पुगेको तथा पर्यटकीय सिजन शुरु हुनु अगावै त्यस्ता होटेलहरुको बुकिङ्ग दर ५० प्रतिशत पुगिसकेकाले उक्त क्षेत्रको वृद्धिदर सन्तोषजनक रहने अपेक्षा राष्ट्र बैंकले गरेको छ ।

उर्जा आपूर्तिमा सुधार, आपूर्ति व्यवस्थामा सहजता एवम् प्रत्यक्ष वैदेशिक लगानीमा भएको वृद्धिले अपेक्षा अनुरुप औद्योगिक क्षेत्रको वृद्धिदर हासिल गर्न सहयोग पुग्ने अनुमान छ ।

पछिल्लो समयमा विकसित यो परिस्थितिले आगामी दिनमा देशव्यापी रुपमा आर्थिक गतिविधिहरु चलायमान बन्ने र फराकिलो आधारसहितको समावेशी आर्थिक वृद्धि हासिल हुने अपेक्षा गरेको छ ।

 चालु आर्थिक वर्षको साउन महिनाको अन्त्यतिर भएको अत्याधिक मनसुनी वर्षाले सृजना गरेको बाढी पहिरो तथा डुवानले कृषिजन्य वस्तुहरुको उत्पादनमा ठूलो क्षति पुगेको सुरु आंकलनभन्दा क्षति कम रहने अनुमान छ । सो वर्षाका कारण तराईका अधिकांश जिल्लाहरुमा कृषि पुर्वाधार लगायतका सम्पत्तिमा क्षति पुगेको छ ।

तथापि मनसुन समयमै सुरु भएको पछिल्लो समयमा मनसुनी वर्षा सामान्य रहेको, कृषिजन्य उत्पादनका साधनहरुको उपलब्धता सहज रहेको तथा बाढीको क्षतिबाट उत्पन्न हुने असर न्यूनीकरण गर्न नेपाल सरकारबाट पहल भइरहेकोले कृषि क्षेत्रमा पर्ने असर न्यूनीकरण हुने राष्ट्र बैंकको भनाई छ ।

समीक्षा महिनामा सरकारी राजस्व लक्ष्यभन्दा कम संकलन भएको छ । बस्तु निर्यात घटेको कारण व्यापार घाटा बढ्न गएको छ । चालु खाता र शोधनान्तर स्थिति दुवै ऋणात्मक रहेका छन् । यी परिस्थितिहरुले निरन्तरता पाएमा समष्टिगत आर्थिक व्यस्थापन चुनौतीपूर्ण हुने राष्ट्र बैंकले बताएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।