धितोपत्रबजारमा १६ अर्ब ६६ करोडको सेयर थपियो, सूचीकृत कम्पनी भने घट्दै

Sep 22, 2017 merolagani

एक बर्षको अवधिमा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कुल १६ अर्ब ६६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। तर यसअवधिमा नेप्सेमा सूचिकृत कम्पनीहरुको संख्या भने घटेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार ०७३ साउनदेखी ०७४ साउन मसान्तसम्ममा धितोपत्र बजारमा कुल १६ अर्ब ६६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

यसअवधिमा एक अर्ब १० करोड बराबरको साधारण शेयर, ८ अर्ब १७ करोड बराबरको हकप्रद शेयर, ३९ करोड बराबरको बोनस शेयर र ७ अर्ब बराबरको सरकारी ऋणपत्र धितोपत्र बजारमा सूचिकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २०७४ साउन मसान्तमा ४०.६ प्रतिशतले वृद्धि भई २ खर्ब ९१ अर्ब ७१ करोड पुगेको छ ।

तर यसअवधिमा नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्यामा भने उल्लेख्य कमी आएको छ । एकबर्षको अवधिमा नेप्सको सूचिकरणबाट २७ कम्पनी बाहिरीएका छन् । २०७४ साउन मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या १९९ रहेको छ ।

२०७३ साउन मसान्तमा यस्तो संख्या २२६ रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको राष्ट्र बैंकको भनाई छ ।

सूचीकृत कम्पनीहरूमध्ये १५४ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १६ वटा जलविद्युत्कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन्।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।