दुई बर्षमा बीमाको कभरेज दोब्बर पुर्याउछौ : अध्यक्ष बीमा समिति

Sep 22, 2017 merolagani

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले आगामी दुई बर्षमा बीमाको कभरेज दोब्बर पुर्याइने बताएका छन् । शुक्रबार सन नेपाल लाइफ इन्स्योरेन्सको शुभारम्भ गर्दै अध्यक्ष चापागाईले यस्तो बताएका हुन् ।

अध्यक्ष चापागाईले अहिले बीमाको कुल कमभरेज (पहुँच) पाँच देखि सात प्रतिशतसम्म रहेको बताउँदै यसलाई दोब्बर पारिने बताएका हुन् । समितिले आफ्नो कायैशैलीलाई सशक्त बनाउन नयाँ जनशक्ती थप्ने प्रक्रिया अगाडी बढाएको समेत उनले बताए । कर्मचारी थपिएपछि समितिको काम कारबाही समेत थप चुस्त हुने उनको भनाई थियो ।

साथै उनले नयाँ बीमा कम्पनी संचालनमा आएसँगै पुराना कम्पनीका कर्मचारी तानातानको अवस्था सृजना भएको तर्फ ध्यानकर्षण गराउदै नयाँ कम्पनीहरुलाई नयाँ कर्मचारीहरुलाई नै दक्ष बनाएर काममा लगाउन आग्रह गरे । कर्मचारी तानातानले बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा चलेको उनको भनाई थियो ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शुक्रबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो । २ अर्ब चुक्ता जारी पुँजी राखेर संचालनमा आएको यस कम्पनीको अध्यक्षमा अनुज कायल छन् भने महाप्रबन्धक कमलराज गौतम रहेका छन् ।

यस कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकका रहेको छ । कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्नेछ । कम्पनीका काठमाडैको कमलादीमा केन्द्रीय कार्यालय रहेको छ ।

कार्यक्रममा ब्राण्ड एम्बेस्डरका रुपमा उपस्थित भएका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले आफुहरुले सन नेपालको प्रचार प्रसारमा कुनै कमी हुन नदिने बताए ।

कम्पनीका अध्यक्ष अनुज कयालले बीमीतको हितमा कुनै सम्झौता नगर्ने बताउँदै देशका हरेक कुनामा सेवा दिन कम्पनी तयार रहेको धारणा राखेका थिए ।

 सन नेपाल लाइफ इन्स्योरेन्समा राजेन्द्र शाक्य, सत्य नारायण क्याल, पवन कुमार बंशल, सुशिल कुमार धुरका, पुस्कर भक्त शर्मा, प्रमोद अग्रवाल र निता शर्मा लगायतको लगानी रहेको छ । 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।